Share Icon

४ माघ, काठमाडाैं।   ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालीका वडा नं ४ का अध्यक्ष सदन कुमार सावाले आफ्नो वडा र जनताका सुविधा तथा विकासका लागि सधैं तत्पर रहने  बताउनुभयो ।

स्थानीय तहको निर्वाचित भएर आए पछि वडामा कुनै पनि स्रोत साधन नरहेको अध्यक्ष सावाको भनाइ छ । हाल पनि केन्द्रबाट कुनै पनि स्रोत साधन उपलब्ध नभएको उहाँको गुनासो रहेको रहेकाे छ ।

तर पनि आफ्नो पार्टीको कार्यालयबाट वडाका दैनिकी सुविधा , पञ्जीकरणका कार्यहरू , विभिन्न किसिमका सिफारिस , बिना झन्झट सूचना र सुविधा प्रदान गरिरहेको अध्यक्ष सावाले बताउनुभयो ।

विकासको हकमा अध्यक्ष सावाले पहिरोले अवरोध भएका सडकहरुको निर्माण , समाजमा फैलिएका विभिन्न विकृतिहरू जस्तै हत्या हिंसा बलात्कार जस्ता केसहरुको नियंत्रण र समाधान गर्दै आएको अध्यक्ष सवाले बताउनु भयो ।

उहाँले युवा खेलकुद, नारी खेलकुद , स्वयंसेविकालागि भत्ता , अशक्त र अपाङ्गलाई प्रोत्साहन भत्ता , त्यसैगरी लिम्बू र शेर्पा जातिको चाड सोनाम र ल्होसार लागि बजेटको व्यवस्था गरिएको अध्यक्ष सावाले जानकारि दिनुभएको छ ।

र सिप मुलक तालिम जस्तै: महिला सशक्तिकरण सम्बन्धी, कृषि सम्बन्धी , पशुपालन सम्बन्धी ,आय मुलक कार्यक्रम जस्ता तालिम पनि प्रदान गरिरहेको अध्यक्ष सावाले बताउनुभयो ।साथै बाख्रा फर्म , सुँगुर फर्मको लागि पनि बजेट विनियोजन गरिएको अध्यक्ष सावाले बताउनुभयो ।

अध्यक्ष सदन कुमार सावाले पहिलेनै देखि सामाजिक तथा खेलकुद कार्यमा संलग्न रहेको र आफू शिक्षक पनि रहेकोले गर्दा वडाका कार्यहरु गर्न कुनै पनि कठिनाई नभएको पनि जानकारी भएको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन ।

जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु । अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon