Share Icon

काठमाडौं । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले पदभार सम्हाल्न अस्वीकार गरेका छन्। आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै खानले पदभार सम्हाल्न अस्वीकार गरेका हुन् ।

पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट बनेको हो। उद्योग र सहरी विकास मन्त्रालयमध्ये एउटा नदिए सरकारमा नबस्ने चेतावनी दिए।

जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले आफूहरूलाई उद्योग मन्त्रालय दिने सहमति भएको र त्यस्तो नभए सहरी विकास मन्त्रालय चाहिने बताए। उनले खानेपानी मन्त्रालय मात्रै दिने भए अर्को मन्त्रालयसमेत चाहिने बताए।

मंगलबार नवनियुक्त र पहिला नियुक्त भएर कार्यभार तोकिएका अरू सबै मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार सम्हाले पनि खान भने सिंहदरबार गएनन्। उनले आज पनि सिंहदरबार नजाने बताएका छन्। अब के गर्ने भन्नेबारे निर्णय गर्न जनमत पार्टीको बैठक बस्ने बताइएको छ।

Facebook Comments Box

Share Icon