वडालाई चौर्तफी विकास गर्न अहोरात्र खट्दै अध्यक्ष सावा
४ माघ, काठमाडाैं। ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालीका वडा नं ४ का अध्यक्ष सदन कुमार सावाले आफ्नो वडा र जनताका सुविधा तथा विकासका लागि सधैं तत्पर रहने बताउनुभयो । स्थानीय तहको निर्वाचित भएर आए पछि वडामा कुनै पनि स्रोत साधन नरहेको अध्यक्ष सावाको भनाइ छ । हाल पनि केन्द्रबाट कुनै पनि स्रोत साधन उपलब्ध नभएको उहाँको गुनासो रहेको रहेकाे छ । तर पनि आफ्नो पार्टीको कार्यालयबाट वडाका दैनिकी सुविधा , पञ्जीकरणका कार्यहरू , विभिन्न किसिमका सिफारिस , बिना झन्झट सूचना र सुविधा प्रदान गरिरहेको अध्यक्ष सावाले बताउनुभयो । विकासको हकमा अध्यक्ष सावाले पहिरोले अवरोध भएका सडकहरुको निर्माण , समाजमा फैलिएका विभिन्न…
