Share Icon

♣हस्ता विष्ट
२८ फागुन,काठमाडाैँ । सेती र मादी नदीको पवित्र संगम तटमा अवस्थित महर्षि र्वेद व्यास र पराशरको तपोभूमी ९ कर्म क्षेत्र० रहेको यस व्यास नगरपालिका देशमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात दमौली गा.वि.स. र स्याम्घा गा।वि।स।को केही क्षेत्रलाई समेटेर २०४८ साल चैत्रमा व्यास नगरपालकाको नामाकरण गरी घोषणा गरिएको हो ।

२४८.०० वर्ग कि.मी. क्षेत्रफल रहेको यस नगरपालिकालाई १४ वटा वडामा ९२०७९ असार ३० गतेसम्म २४८ टोल० विभाजन गरिएको छ । जसमध्ये वडा नं. १, २, ३ र ४ शहरी क्षेत्र, वडा नं.५, ७, १० र ११ अर्धशहरी क्षेत्र र बाँकी सबै वडाहरु ग्रामिण क्षेत्रमा पर्दछन् ।

यो नगरपालिका समुन्द्री सतहबाट २८० मी. देखि १२४५ मी. सम्म उचाईमा रहेको छ भने न्यूनतम ८.४० सेल्सियस देखि अधिकतम ३७.०० सेल्सियस सम्म तापक्रम हुनुका साथै औषत वार्षिक वर्षा १९६०.६ मि.मि. हुने गरेको छ ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित व्यास नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष बसन्त आले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

व्यास नगरपालिका वडा नं. १३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष वसन्त आले ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष आले अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष आले भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष आलेले बताउनुभयोे ।

वडा अध्यक्ष आलेले भन्नुभयो,  ” उहाँ आफै पनि एक कृषि पेसामा आबद्ध रहेकोले वडामा कृषिलाई पहिलो प्राथमिकता दिए साथसाथै कृषिलाई व्यवसायमय बनाउनको लागि विभिन्न तरकारीहरुको विउँ विजन वितरण गरेको, लहरे तरकारीहरु विउँ विजन वितरण गरिएको छ । ”

त्यसै गरी खानेपानीको क्षेत्रमा एक घर एक धारा निमार्ण गर्नको गर्नको लागि बृहत रुपमा काम भईरहेको वडा अध्यक्ष आलेको भनाई छ ।

शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा अध्यन गर्ने कक्षा १० भन्दा माथिका विद्यार्थीहरुलाई स्कुलरसिपको व्यवस्था गरेको र साना विद्यार्थीहरुलाई निशुल्क खाजाको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, कुनै नयाँ बाटोको ट्रयाक खोल्ने, कुनै बाटो ढलान गर्ने र कुनै बाटो कालोपत्रे गर्ने योजनामा रहेको वडा अध्यक्ष आलेले प्रष्ट पार्नुभयो । महिलाहरुलाई लक्षित गर्दै विभिन्न प्रशिक्षण तालिमहरु सम्पन्न गरेको उहाँले बताउनुभयो ।

त्यसै गरी विद्युतको क्षेत्रमा विग्रेको भत्केको पोलहरुलाई मर्मत सम्भार गरेर सम्पुर्ण वडाबासीहरुको घरघरमा बत्ति बाल्ने लक्ष्यका साथ कामहरु अगाडि बढाईरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”

उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर १३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon