भाैतिक पूर्वाधारलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै छाै: वडा अध्यक्ष मगर

चैत्र १६, काठमाडौं । प्युठान नगरपालिकास्थित वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष नन्दे पुन मगर।
वडा नम्बर ५ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा योजनाहरू अगाडि बढाउनुभएको छ।
वडा अध्यक्ष मगरले भन्नुभयो, ‘वडाको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको छ, खानेपानि,सडक, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।’
उहाँले सडक मर्मतको काम पनि भइरहेको बताउनुभयो । त्यस्तै उहाँले आफ्नो वडालाई सफा, स्वच्छ र सुन्दर वडा बनाउन हरसम्भव प्रयास गर्ने वडा अध्यक्ष मगरले प्रतिबद्धता गर्नुभयो।
वडा अध्यक्षमा निर्वाचित हुनभन्दा पहिले राजनितिमा सक्रिय तथा समाज सेवामा आवद्ध रहनुभएका मगर निरन्तर रुपमा वडालाई विकास निर्माणमा जोडन लागी रहनुभएको छ ।
त्यसैगरी प्युठान नगरपालिकामा सबैभन्दा बढि कार्यसम्पादनको हिसाबले हेर्दा पहिलो वडा भएको भनेर वडा अध्यक्ष नन्दे पुन मगरले दाबी गर्नुभयो ।
वडा अध्यक्ष मगरले थप्दै भन्नुभयो, समित बजेटमा रहेर वडाका असिमित समस्या समाधान गर्न हामी निरन्तर रुपमा लागी रहेका छौ वडा अध्यक्ष मगरले बताउनुभयो।
विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । शिक्षा तथा विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण वडामा चेतनाको स्तर बढेको छ।
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।