पर्यटकमय वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष बस्नेत
१६ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्लामा अवस्थित शैलुङ गाउँपालिका वडा नं. ६, का दिपक बस्नेतले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
पछिल्लो समय दोलखा जिल्ला स्थीत शैलुङ गाउँपालिका वडा नं. ६ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष दिपक बस्नेत अहोरात्र खटिरहनु भएको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बस्नेतले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
पछिल्लो समय वडा नम्बर ६ मा वडावासीको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, “हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समितीहरु गठन गरेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाइरहेका छौँ ।”
वडामा कृषि र पशुपालनलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडा वासीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै वडामा स्वास्थ्य शिवीर सञ्चालन गर्ने काम सम्पन्न गरेका छौँ ।”
वडामा युवा, महिला तथा लक्षित वर्गहरुलाई के कस्तो योजना तथा कार्यक्रम बनाउने र वडामा रहेका पुराना स्रोत साधनहरुलाई कसरी आधुनिकीकरण बनाउन सकिन्छ भन्ने विषयमा वडामा छलफल भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुमा शिक्षालाई गुणस्तर बनाउनका लागी विद्यालयका प्र.अ. तथा अभिभावकहरु सँग छलफल गरीरहेका छौँ ।”
उहाँले वडामा कृषि क्षेत्रको लागि किसानहरुलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम तथा अनुदान सँगै विउविजनहरु वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “वडामा रहेका वडावासीहरुलाई आर्थिक रुपमा जोड्नका लागी गाउँपालिका र संस्था सँग समन्वय गरेर वडामा दुध डेरी स्थापना गरेका छौँ, र पशुपालनमा पनि जोड दिएका छौँ ।”
उहाँ निर्वाचीत हुनु भन्दा अघि विभिन्न सघं संस्थाहरुमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष बस्नेत भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई पर्यटकमय वडा बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”