Share Icon

 २ जेठ, काठमाडाैं ।  लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्।

पुथा उत्तरगङ्गा गाउँपालिकामा कुल १४ वडा रहेका छन् । २०७९ सालको स्थानिय तहको निर्वाचनमा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १४ मा निर्वाचित वडा अध्यक्ष द्रवेश बुढा मगर हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचित हुनभन्दा पहिले कृषिमा आबद्ध रहनुभएका द्रवेश बुढा मगर निरन्तर रुपमा वडाका गतिबिधि अगाडी बढाई रहनुभएको छ ।

२०७४ सालको स्थानिय चुनावमा ३० मतको अन्तरले पराजित हुनुभएका बुढा निरन्तर रुपमा समाज सेवामा लागीरहनुभएको छ ।
फलस्वरुप २०७९ सालमा निर्वाचनमा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

चालुआर्थिक बर्षको वर्षको बजेटबाट ९५ प्रतिशत काम भएको वडा अध्यक्ष मगरले उल्लेख गर्नुभयाे छ । खानेपानिलाई वडाले पहिलो प्राथमिकतामा राखेर वडाका विकास निर्माणका गतिबिधि गर्दै गरेको साथै १ घर एक धारा निर्माण गरिरहेको साथै चौतर्फी वडाका गतिबिधि समेटेर काम गरिरहेको वडा अध्यक्ष मगरले उल्लेख गर्नुभयो ।

वडा अध्यक्षमगरले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

वडा अध्यक्ष मगरले भन्नुभयाे , ‘ विकास निर्माण का साथै काम गर्न पर्छ भनेर उत्साहा पनि छ । तर कर्मचारीको चरम अभावले गर्दा हामीलाई वडामा धेरै समस्याकाे सामाना  गरिरहेको छौैं ।’

वडा अध्यक्ष मगर थप्दै भन्नुभयाे,  ‘गाउँपालिकामा हाम्रो वडाका समस्या  सुनवाई कम भएको महसुुुस भईरहन्छ । हामीले गाउँपालिकामा वडाका समस्याका बारेमा कुरा उठाएका छौं । खानेपानि, शिक्षा, विद्युत लाईन, सरसफाईका जडिबुटी संरक्षका समस्या समाधान गर्न लागी रहेको छौ । सिमीत बजेटमा वडाका असिमीत समस्या समाधान गर्न अहोरात्र लागी रहेका छौं । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

पुथा उत्तरगङ्गा गाउँपालिकामा  वडा नम्बर १४ काे कार्यालयकाे तस्बिर 

पुथा उत्तरगङ्गा गाउँपालिकामा  वडा नम्बर १४ काे कार्यालयकाे तस्बिर 

Facebook Comments Box

Share Icon