सिमीत बजेटमा वडाका असिमीत समस्या समाधान गर्न अहोरात्र लागी रहेका छौं : अध्यक्ष बुढा मगर

Share Icon

 २ जेठ, काठमाडाैं ।  लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्।

पुथा उत्तरगङ्गा गाउँपालिकामा कुल १४ वडा रहेका छन् । २०७९ सालको स्थानिय तहको निर्वाचनमा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर १४ मा निर्वाचित वडा अध्यक्ष द्रवेश बुढा मगर हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचित हुनभन्दा पहिले कृषिमा आबद्ध रहनुभएका द्रवेश बुढा मगर निरन्तर रुपमा वडाका गतिबिधि अगाडी बढाई रहनुभएको छ ।

२०७४ सालको स्थानिय चुनावमा ३० मतको अन्तरले पराजित हुनुभएका बुढा निरन्तर रुपमा समाज सेवामा लागीरहनुभएको छ ।
फलस्वरुप २०७९ सालमा निर्वाचनमा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

चालुआर्थिक बर्षको वर्षको बजेटबाट ९५ प्रतिशत काम भएको वडा अध्यक्ष मगरले उल्लेख गर्नुभयाे छ । खानेपानिलाई वडाले पहिलो प्राथमिकतामा राखेर वडाका विकास निर्माणका गतिबिधि गर्दै गरेको साथै १ घर एक धारा निर्माण गरिरहेको साथै चौतर्फी वडाका गतिबिधि समेटेर काम गरिरहेको वडा अध्यक्ष मगरले उल्लेख गर्नुभयो ।

वडा अध्यक्षमगरले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’

वडा अध्यक्ष मगरले भन्नुभयाे , ‘ विकास निर्माण का साथै काम गर्न पर्छ भनेर उत्साहा पनि छ । तर कर्मचारीको चरम अभावले गर्दा हामीलाई वडामा धेरै समस्याकाे सामाना  गरिरहेको छौैं ।’

वडा अध्यक्ष मगर थप्दै भन्नुभयाे,  ‘गाउँपालिकामा हाम्रो वडाका समस्या  सुनवाई कम भएको महसुुुस भईरहन्छ । हामीले गाउँपालिकामा वडाका समस्याका बारेमा कुरा उठाएका छौं । खानेपानि, शिक्षा, विद्युत लाईन, सरसफाईका जडिबुटी संरक्षका समस्या समाधान गर्न लागी रहेको छौ । सिमीत बजेटमा वडाका असिमीत समस्या समाधान गर्न अहोरात्र लागी रहेका छौं । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

पुथा उत्तरगङ्गा गाउँपालिकामा  वडा नम्बर १४ काे कार्यालयकाे तस्बिर 

पुथा उत्तरगङ्गा गाउँपालिकामा  वडा नम्बर १४ काे कार्यालयकाे तस्बिर 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.