Share Icon

१४ पाैष, काठमाडाैं। कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १९ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर १९ मा वडाबासीहरुलाई लक्षितगर्दै योजना तथा कार्यक्रमहरु ल्याईएका छन ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । यो वडा अरु वडाको हिसाबले कान्छो वडाको रुपमा चिनिने वडा हो । तिनै तिर आरक्षले घेरेको र नदिले घेरेको वडा हो ।

घर जंगली हात्तिले भत्काउने समस्या रहेकाे बताउदैं उहाँले भन्नुुभयाे, ‘नदिको बाहाफले समस्या भएकाे कारण यहाँका स्थानियहरूले बसार्इ सरेर जाने समस्या रहेकाे छ र कति मानिसहरु भारततिर विस्थापित भईरहेको छन् ।

यस वडामा साच्चिकै भन्नुपर्दा प्रारम्भिक रुपले बजेट कम भएकोले स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै  समृद्ध वडा बनाउन लागी परेको छाैं र निरन्तर काम गरिरहेको  जानकारी दिनुभयो ।

त्यस्तै वृद्धा वृद्धिलाई जाडोमा लगाउने न्यानो लुगा वितरण गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो ,’स्रोत साधन थोरै भएता पनि वडामा शिक्षा,स्वास्थ्य, कृषि, खानेपानि, बाटो सडकका योजना तथा कार्यक्रमहरु ल्याएका छौं’ ।

उहाँले भन्नुभयो, ‘म वडाको चौतर्फी विकासको लागिकहिले नी पछि हट्ने छैन । जस्तो सुकै समस्या आई परे पनि म त्यो समस्या समाधान गर्नको लागि सधै तत्पर हुने छु ।’

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमाउहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुनविश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराशहुन दिने छैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर १९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्यभोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १९ वडाबासीहरुलाई विशेष धन्यवाददिन चाहान्छु । जसरी जनताले म प्रतिविश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon