१४ पौष, काठमाडौं । सत्ता साझेदार दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति गरेका छन् । बिहीबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एकरएक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ ।
ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएको बैठकमा मन्त्रालय भागवण्डाबारे पनि छलफल भएको थियो ।
‘मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधार विस्तार गर्ने भन्ने छलफल भयो,’ लामिछानेले भने, ‘न्यूनमत साझा कार्यक्रमले धेरै कुरा तय गर्छ ।’
Related posts:

चिनियाँ इशारामा नयाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध गर्नु जनताको हक : बिपी यादव

द्विपक्षीय सम्बन्धविस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

चाड–पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर : सभापति देउवा

अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

