चिनियाँ इशारामा नयाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध गर्नु जनताको हक : बिपी यादव

Share Icon

राजविराज । राष्ट्रिय एकता अभियानका वरिष्ठ नेता बिपी यादवले पोस्टर घट्नामा अभियानको कुनै संलग्नता नभएको बताएका छन्। उनले जनकपुरबाट राष्ट्रिय एकता अभियानका केही नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको प्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरूको रिहाइको माग समेत गरेका हुन्।

लोसपाका केन्द्रीय सदस्य समेत रहेका यादवले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी ‘सङ्घीय सरकारको गृहमन्त्रीको निर्देशनमा जनकपुरबाट मनिष पुर्बे, पङ्कज झा र वीरगन्जबाट उदय रौनियार र नवीन भट्टराईलाई प्रहरीले शङ्काको भरमा पक्राउ गरेर थुनामा राखेकोले उनीहरूको रिहाइको माग गरेको हो।

मधेसको भू–भागमा केही दिन देखि प्रधानमन्त्री पुष्पकमल दाहाल र उप–प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको फोटो राखी गरिएको अमर्यादित कार्य प्रति हाम्रो ध्यान आकर्षित भएको जारी विज्ञप्तिमा उल्लेख छ।

‘राष्ट्रिय एकता अभियानको उद्देश्य राष्ट्र, समुदाय, समाज र व्यक्तिहरूबीच एकता अर्थात् जोडने न कि तोड्ने कार्यमा हाम्रो नेता र कार्यकर्ताको संलगनता कहीँ कतै छैन’ विज्ञप्तिमा भनिएको छ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा १५ महिनाको अवधिमा ३ चोटि विश्वासको मत, १६ चोटि मन्त्रिमण्डलको पुनर्गठन र दोस्रो चोटि समीकरण अदलबदल गर्दा देश र जनताको लागि कदापि लाभदायक नभएको जनाउँदै व्यक्तिगत पदीय फाइँदाको लागि चाइनिजको इसारामा राता–रात समीकरण बदलेको यथार्थ कुराको शान्तिपूर्ण विरोध गर्नु जनताको संविधान अनुसारको हक भएको समेत यादवले आरोप लगाएका छन्।

संविधानसभाका सदस्य समेत रहेका यादवले ‘राष्ट्रिय एकता अभियान चिनियाँ विस्तारवाद, इस्लामिक आतङ्कवादको विरुद्ध एवम् सङ्घीय लोकतान्त्रिक हिन्दु गणतन्त्रको स्थापनार्थ सङ्घर्षरत छन्’ विज्ञप्तिमा भनिएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.