Share Icon

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ ।

आइतबार संघीय संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने बताउनुभयो ।

उहाँले संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको उल्लेख गर्नुभयो ।

उहाँले आइतबार बस्ने संसद बैठकबाट कांग्रेस प्रतिपक्षबाट सत्तापक्षमा रहने बताउनुभयो ।

प्रवक्ता महतले बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई दिने निर्णय गरेको बताउनु भयो ।

प्रवक्ता महतले बैठकमा कसको निर्णयमा कांग्रेस सरकारमा सहभागी हुने भन्ने निर्णय भने नभइसकेको स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसले मन्त्रीहरु सरकारमा पठाउँदा योगदान, योग्यता, समावेशितालाई ध्यानमा राखेर पठाउने बताउनुभयो ।

प्रवक्ता महतले संसदीय दलको बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल हुने पनि बताउनुभयो ।

Facebook Comments Box

Share Icon