सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १० हजार पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर तोलाको एक लाख १० हजार रुपैयाँ कायम भएको छ ।
यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो ।

तेजावी सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ ।
Facebook Comments Box
