भारतीय पर्यटकलाई लक्षित गर्दै इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

Share Icon

काठमाडाैं । नेपालमा सबैभन्दा धेरै पर्यटकहरू छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्।

अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन व्यवसायमा पर्यटकहरूलाई सहजता प्रदान गर्न इसेवाले अन्तर्राष्ट्रिय भुक्तानी सेवा ल्याएको बताएको छ।

अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरू भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्युआर कोडमार्फत् डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ।

फोनपे क्युआर लिएका साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवाले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गराएको छ।

नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो।

अहिलेलाई इसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्युआरमा नै भारतीय पर्यटकहरूमार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम–युिपआई र फोनपेको प्रयोगमार्फत् डिजिटल भुक्तानी गर्न सक्नेछन्।

अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोडर्न डिजिटल अर्थतन्त्रमार्फत् दुई देशबीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा इसेवा विश्वस्त रहेको जानकारी गराइएको छ।

हाल साना तथा मझौला व्यवसायीहरूलाई स्वचालित रूपमा यो सेवा उपलब्ध गराइएको भएता पनि अन्य व्यवसायीहरूले पनि यो सेवा लिन चाहेमा इसेवालाई सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ।

अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगीने क्रममा कमी आउने पनि विश्वास कम्पनीको छ।

यसले नगद सटहीको झन्झटबाट व्यवसायीहरूलाई तथा भारतीय ग्राहकहरूलाई नगद तथा चानचुनको झन्झटबाट मुक्त गराउने विश्वास इसेवाको छ। सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रति कारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने पनि इसेवाले जनाएको छ।

भारतीय पर्यटकले नेपालमा सहजै डिजिटल भुक्तानी गर्न पाउने भएता पनि अहिलेलाई नेपाली नागरिकले भारतमा सजिलै डिजिटल भुक्तानी भने गर्न पाउने छैनन्।

यस सम्बन्धी कार्य भइरहेको र निकट भविष्यमा छिटै आफ्नो आधिकारिक सामाजिक सञ्जालका आधिकारिक पेजमार्फत् जानकारी गराउने पनि इसेवाले जनाएको छ।

नेपालभरी ४ लाख ५० हजार भन्दा बढी इसेवाका क्युआर मर्चेन्टहरू रहेका छन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.