वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष मेहता

Share Icon

काठमाडाैं । मधेश प्रदेश बाराको आदर्श काेटवाल गाउँपालिका वडा नम्बर २ मा चौतर्फी रूपमा विकास भइरहेकाे स्थानीयहरू बताउछन् । पछिल्लाे सयम वडा नम्बर २ ले विकासकाे फड्काे मारिरहेकाे वडावासीहरूकाे भनाइ छ ।

वडावासीका अनुसार अघिल्लाे कार्यकालभन्दा याे कार्यकालकाे दाेस्राे वर्षमै विकासले तीव्र गति लिएकाे छ । साेही विकासलाई मध्येनजर गरी जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा नम्बर २ का वडा अध्यक्ष मनाेज कुमार मेहता ।

वडा अध्यक्ष मेहताले गत आर्थिक वर्षमा बाकी रहेका आधा, अधुरा विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे ।

वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष मेहताले विकास निर्माण, कृषि, बाटोघाटो, जनचेताना, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतकाे क्षेत्रमा भइरहेकाे प्रगतिकाे विषयमा जानकारी गराउनु भएकाे छ ।

उहाँले अहिले वडाभित्र शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वडामा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र कृषिलाई विशेष प्राथमिकता दिएर महिला र बाललिकाहरुको लागि हामी निरन्तर काम गरिरहेका छौँ।’

त्यस्तै उहाँले वडाभित्र सञ्चालित विकासका ठूला आयोजना पनि अघि बढाइएको बताउनु भयो। वडाका सडक, पुल, कल्भर्ट लगायतका पूर्वाधार धमाधम निर्माण हुन थालेपछि सर्वसाधरण पनि खुसी देखिएका छन्।

उहाँले वडामा रहेका स्थानीयवासीको मुख्या पेसा कृर्षि भएकाले कृषिलाई विशेष प्रथामिकता दिइएको बताउनु भयो । कृषिलाई सफल बनाउन सिँचाइकाे लागि विद्युतीयकरणका काम जाेडताेडले भइरहेकाे वडा अध्यक्ष मेहताले जानकारी दिनुभयाे । कृषिलाई थप प्रभावकारी बनाउन पानी बग्ने नालाकाे पनि मर्मतसंभार गरिएकाे उहाँले बताउनु भयाे ।

उहाँले छठ पर्वकाे लागि पनि केही बजेट छुट्याएकाे बताउनु भयाे । विशेष गरेर कृषि क्षेत्रलाई प्रभावकारी बनाएर युवालाई राेजगारीकाे अवसर प्रदान गर्ने याेजना बनाइएकाे उहाँले बताउनु भयाे। उहाँले भन्नुभयाे, ‘युवाहरूकाे कृर्षितर्फ आकर्षण बढाउन अनुदानमा सिँचाइकाे लागि माेटर, बिउविजन लगायत कृषि सामाग्री वितरण गर्ने याेजना बनाएका छाैँ।’

साथै उहाँले कृर्षिलाई लक्षित गरी कृषि सडक निकालिनुकाे साथै मन्दिर पनि निर्माण गरिएकाे जानकारी दिनुभयाे ।

वडाकाे शैक्षिक गुणस्तरकाे सुधार्न विभिन्न काेणबाट प्रयास भइरहेकाे पनि उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे,’ विद्यालयहरूमा झ्याल र ढाेका निर्माण गरिनुकाे साथै रंगराेगन पनि गरिएकाे छ, धाराकाे व्यवस्था गरिएकाे छ, ।’

उहाँले वडावासीलाई बाढीबाट जाेगाउन विभिन्न स्थानमा तटबन्ध पनि गरिएकाे जानकारी दिनुभयाे । साथै उहाँले महिलालाई लक्षित गरी सिलाइकटाइ र क्षमतावृद्दि लगायतका कार्यक्रम तथा याेजना बनाइएकाे बताउनु भयाे । वडा विकास निर्माणको काममा एक नम्बरमा रहेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’चुनवामा गरिएको प्रतिबद्दताअनुसार नै कामहरू अगाडि बढाइएको छ।’

उहाँले भ्रष्टाचार हुन नदिन हरेक योजनानमा अनुगमनलाई तीव्रता दिइएको बताउनु भयो । उहाँले गरिब, निमुखा तथा निम्न वर्गलाई विशेष ध्यान दिएर योजना बनाइएको बताउनु भयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.