वडामा सहकारीमार्फत कृषिमा क्रान्ति ल्याउनु पर्छ : वडा अध्यक्ष खनाल

Share Icon

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बर ५ मा रहेकाे गाउँ विकास कृषि सहकारी संस्था लिमिटेडले आफ्नो एघाराैँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथिकाे रूपमा रहेका रूपा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजन खनालले सहकारी नियम भित्र रहेर सञ्चालक र शेयर सदस्यहरु मिलेर सहकारीलाई मजबुत बनाएर लैजानु पर्नेमा जोड दिनुभयाे।

आर्थिक अनुशासनको क्षेत्राधिकार भित्र रहेर कारोबार गर्दा समस्या सृजना नहुने जनाउँदै सहकारीको सिद्धान्त मर्म र भावना अनुरुप रहेर कारोबार गर्न सञ्चालक र शेयर सदस्यहरुलाई उहाँले आग्रह गर्नुभयाे ।

उहाँले सहकारी संस्थाले उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने र आधुनिक कृषि खेतीलाई बढवा दिन आग्रह गर्नुभयाे । उहाँले वडामा सहकारीमार्फत कृषिमा क्रान्ति ल्याउन पनि सबैलाई आग्रह गर्नुभयाे ।उहाँले भन्नुभयाे,’सबैले सहकारीमार्फत कृषि क्रान्तिको अवधारणा अपनाउनु पर्छ।’

उहाँले कृषिको क्षेत्रमा टेवा पुर्‍याउने कुनै पनि खालको परियोजनामा सहकारीलाई वडा कार्यालयको तर्फवाट दिन सक्ने साथ र सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे ।

शेयर सदस्य र अन्यलाई सहुलियत दरमा कृषि बिउविजन कृषि औजार सहुलियत दरमा आर्थिक प्रबन्ध मिलाउन पनि उहाँले आग्रह गर्नुभयाे ।

वडा अध्यक्ष खनालले दुग्ध संकलनलाई निरन्तरता दिने र प्रत्येक ब्यक्तिलाई आय आर्जनमा जोड्न सहकारी संस्थाले याेजना बनाउनु पर्नेमा जाेड दिनुभयाे ।

संस्थाका अध्यक्ष जनकराज जाेशीले कृषि क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्य ले २०६९ सालमा स्थापित भएको सहकारीमा तरलता अभावको समस्या नरहेको र संस्थाको कारोवार पारदर्शी एंव स्वस्थ रहेको जानकारी दिनुभयाे ।

उहाँले जति बचतकर्ता आफ्नो बचत प्रति चिन्तित हुनुहुन्छ, यो भन्दा बढि जिम्मेवारी सम्हालेका सञ्चालक र व्यवस्थापक रहेको जनाउँदै उहाँले सहकारी प्रतिको विश्वास डगमगाउन नदिनेमा जाेड दिनुभयाे ।

उहाँले संस्थालाई राम्राे र सुदृढ बनाउने जिम्मेवारी शेयर सदस्यहरुको पनि भएकोले संस्थामा नियमित कारोवारको लागि समेत आग्रह गर्नुभयाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.