Share Icon

६ कार्तिक, काठमाडौं। यहि कार्तिक १७ देखि १८ गतेसम्म बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएकाे हाे । साेही  दिन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधी खुवाउने मन्त्रालयले जनाएको हाे।

मन्त्रालयका अनुसार यहि कार्तिक २ देखि ३ गतेसम्म कार्यक्रम सञ्चालन गरिने भनिए पनि दशैं परेकाले कार्तिक १७ देखि १८ गतेसम्म देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने मन्त्रालयले जनाइएको छ ।

 

Facebook Comments Box

Share Icon