Share Icon

६ कार्तिक, काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा साेमबार नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) भिड्ने भएका छन्।

प्रतियोगितामा लगातार तीन खेल जितेर फाइनलमा पुगिसकेको नेपाल साेमबार चौथो जित निकाल्ने योजनामा रहेकाे हाे । आइतबार भएको खेलमा हङकङलाई पराजित गरेको यूएई पनि साेमबार नेपाललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्न चाहन्छ ।

साेमबार नेपाल विजयी भएको खण्डमा यूएई र हङकङबीच कार्तिक ८ गते हुने खेलले फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ । मुलपानी मैदानमा आइतबार भएको खेलमा हङकङले जितका लागि दिएको १ सय ५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेकाे थियाे ।

डबल राउन्ड रोविनको आधारमा भइरहेको सिरिजको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल खेल्ने भएका छन् । फाइनल खेल कार्तिक १० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएकाे छ ।

Facebook Comments Box

Share Icon