देशका केही भागमा दिउँसाे वर्षाकाे सम्भावना

Share Icon

६ कार्तिक, काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साेमबार बिहान देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ।  साथै हाे।

सोमबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

साेमबार राति भने देशको पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.