Share Icon

६ कार्तिक, काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साेमबार बिहान देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ।  साथै हाे।

सोमबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

साेमबार राति भने देशको पहाडी भू-भागमा भने आंशिक बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon