समग्र वडाकाे विकास गर्दै अध्यक्ष धामी

Share Icon

२१ कात्तिक, काठमाडाैँ । खप्तड छेडेदह गाउँपालिका बाजुरा जिल्लाको पश्चिमी भागमा पर्दछ । धार्मीक तथा पर्यटकीय क्षेत्र खप्तड राष्टिय निकुञ्ज  र छेडेदह ताल यसै गाउँपालिका मा पर्ने भएकोले यो गाउँपालिका को नामाकरण खप्तड छेडेदह गाउँपालिका भनिइको हो ।

खप्तड छेडेदह गाउपालिका निर्धारण तथा सिफारिस प्राविधिक समितिको वैठकबाट उक्त नामबाट साविकका डोगडी, गुदुखाित, आटिचौर, जयवागेश्वरी र काँडा गरी ५ गाविस गाभेर गाउपालिकाको सिफारिस गरेकोमा नेपाल सरकारले सोही नामबाट यस गाउपालिकाको घोषणा गरेको थियो ।

यस गाउँपालिकामा मूख्यरुपमा बेताल, मष्टा, खापर, भगवति, कैलाश, भेराल, अािदं धार्मिक देवि देवता तथा मठमन्दिरहरुको पुजाआजा गर्ने गरिन्छ । खप्तड, छेडेदह, वडालेख आदि जस्ता ऐतिहासिक तथा पर्यटकीय स्थानहरु रहेका छन ।

सुदुरपश्चिम प्रदेश बाजुरा  जिल्लामा अवस्थित खप्तड छेडेदह गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दल बहादुर धामीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दल बहादुर धामी ।

खप्तड छेडेदह गाउँपालिका वडा नं. ४ मा पालिकाबाट जम्मा बजेट २८ लाख  विनियाेजन गरिएकाे वडा अध्यक्ष  दल बहादुर धामी जानकारी दिनुभयाे ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष धामीले बताउनुभयोे ।

वडा अध्यक्ष धामीले भन्नुभयो, “ भाैगाेलिक विकटताकाे कारणले विकास निमार्णका कामहरू गर्न कठिनाइ रहेकाे  छ । “

वडा अध्यक्ष धामीले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्ने र कुनै नयाँ बाटोहरूकाे  ट्रयाक खाेल्ने कामहरु गरेका छौँ ।”

उहाँले भन्नुभयाे, ” वडामा बजेटकाे अभावले भनेकाे जस्ताे काम गर्न सकिएकाे छैन् । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्नको लागि संघबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यस्तै पछिल्लाे समय यस वडामा कर्मचारीकाे अभावकाे कारणले भनेकाे समयमा काम गर्न नसकिएकाे र विभिन्न समस्याहरू रहेकाे वडा अध्यक्ष धामीले प्रष्ट पार्नुभयाे ।

उहाँले भन्नुभयो, “वडामा कृषिलाई विशेष जोड दिदै कृषि उत्पादन गर्नको लागि विभिन्न विउँ विजनहरु अनुदानमा वितरण गरेका छौ ।”

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको  वडा अध्यक्ष धामीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा टाेल टाेलमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ । वडामा बत्तिकाे पहुच पुर्ण रूपमा पुराउने काम पनि सम्पन्न भएकाे उहाँकाे दाबी छ ।

वडा अध्यक्ष दल बहादुर धामीले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.