वडाको चौतर्फी विकासको लागि हामी अहोरात्र खटिरहेका छौं
१६ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित मेलुङ गाउँपालिका वडा नं. ४ का सोम बहादुर बम्जन गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा मेलुङ गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
पछिल्लो समय दोलखा जिल्ला स्थीत मेलुङ गाउँपालिका वडा नं.४ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष सोम बहादुर बम्जन अहोरात्र खटिरहनु भएको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बम्जनले वडाको कार्यभार समाल्दै निरन्तर विकासका काममा लागि परीरहनु भएको छ ।
उहाँले जनताको समस्या, र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।
उहाँ स्थानीय तहको निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
पछिल्लो समय वडा नम्बर ४ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
वडामा चौतर्फी विकासका योजनालाई समेटेर योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई समेटेर जनचेतनाका कार्यक्रम सँगै सिप मुलक कार्यक्रमहरु पनि राखेका छौँ ।”
उहाँले गत वर्षको वार्षिक बजेटअनुसार वडामा बर्थिङ सेन्टर स्थापना गर्ने योजना बनाए सँगै निर्माणका लागी कामहरु तीव्र रुपमा भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई व्यवस्थापन गर्दै शिक्षालाई गुणस्तर बनाउनका लागी विद्यालयका प्र.अ. तथा अभिभावकहरु सबै सँग विषेश छलफल गरेर अगाढी बड्ने तयारीमा छौँ ।”
उहाँले कृषि क्षेत्रमा वडामा रहेका खेतीयोग्य जमिनहरुको माटो परिक्षण गरेर वडाको हावापानीअनुसार बालीनाली लगाउने योजना रहेको बताउनुभयो ।
उहाँ निवार्चित हुनु भन्दा अघि सामाजीक क्षेत्रमा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
वडा अध्यक्ष बम्जन भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सुन्दर समृद्धि बनाउनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”