Share Icon

♠आलोक भावुक 

२८ चैत्र गढवा । आय आर्जनका लागि सीपमूलक तालिम आवश्यक रहेको गढवा गाउँपालिका उपप्रमुख शारदा कुमारी चौधरीले बताउनु भएको छ ।

सोमबार सात दिने लुगा धुने सरफ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण समापन कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले सो कुरा बताउनुभएको हो।

अपांगता भएकाहरुको आत्मबल बढाउँदै स्वरोजगार बनाउँने उद्देश्यले तालिम दिइएको समेत चौधरीले बताउनुभयो। अपांगता भएकाहरुको विकासबिना विकास र समृद्धि गर्न कठिन हुने भन्दै उहाँहरुका लागि आगामी दिनहरुमा पनि बिशेष कार्यक्रम सञ्चालन गर्न पालिका योजना बनाई रहेको बताउदै समाजमा अपांगता भएकाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्दै आत्मनिर्भर बनाउन यो तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिस्वास आफ्नो रहेको बताउनुभयो।

कार्यक्रममा बोल्ने बक्ताहरुले अपाङ्गता लाई आफ्नो कमजोरी नभई आफ्नो आत्मबललाई र केही गर्छु भन्ने अठोटका साथ सरफ बनाउने कामलाई निरन्तरता दिन सके आर्थिकोपार्जनका लागि महत्वपूर्ण हुने बताएका थिए।

तालिममा सहभागीको तर्फ बाट बोल्दै तिलका बुढाथोकीले सात दिने तालिम धेरै कुरा सिकेको तर आगामी दिनमा यस्तै दैनिक उपभोग्य सामान बनाउने तालिमहरुको आयोजना गर्न अनुरोध गर्नु भयो ।

आफु अपाङ्गता भएपनी कच्चा पदार्थ पाए अब सजिलै सरफ बनाउन सक्ने बताउदै सरफ बनाउन कच्चा पदार्थ र बजारी करणको ब्यवस्थापन गरे आफुहरु निरन्तर सरफ बनाउने तर्फ लाग्ने बताउनुभयो।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक वर्ष २०७९र८० का लागि छुट्याईएको बजेट बाट तालिमको आयोजना गरिएको बताउदै सरफ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम गढवा गाउँपालिकाको पहिलो सफल कार्यक्रम भएको शाखा प्रमुख प्रेरणा चन्दले बताउनुभयो ।

गढवा गाउँपालिकाको वडा नम्बर ५,६ र ७ बाट ग र घ वर्गका अपांगता भएका ब्यक्तिहरुको लागि गढवा गाउँपालिकाको सभाहलमा सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरणको आयोजना गरेको हो।

गढवा गाउँपालिका तिन वडाका महिला पुरुष गरी १६ जना ग र घ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो। समापन कार्यक्रममा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, अपाङ्गता संरक्षण समाज गढवाका अध्यक्ष भरत कुमार पन्त, अपाङ्गता परिचयपत्र बितरण समन्वय समितिका सदस्य राम सुरत यादव, गढवा उद्योग बाणिज्य संघका कोषाध्यक्ष खुमानन्द पोख्रेल, तालिममि सहभागीको तर्फबाट तिलका बुढाथोकी लगाएतकाले बिचार राख्नु भएको थियोे ।

तालिमका सबै अतिथि तथा सहभागीलाई तालिम समापनका क्रममा १–१ किलो सरफ र प्रमाणपत्र प्रदान गरिएको थियो। तालिमको प्रशिक्षकमा बिष्णु थापा रहनु भएको थियो भने समापन कार्यक्रमको सहजिकरण शाखा प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Facebook Comments Box

Share Icon