वडालाई समृद्धी र विकास तर्फ लैजादैँ अध्यक्ष थारु
३ माघ काठमाडाैँ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ९ मा अहिले विकासले मु्हार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष राम गोपाल थारुले बताउनुभयो ।
वडामा उपभोक्ता समिति गठन गरेर विभिन्न योजना तथा कार्यक्रमहरु पालिकाबाट पास भईसकेको वडा अध्यक्ष थारुले बताउनुभयो ।
त्यसैगरी वडामा शिक्षा, स्वास्थ्य, खानेपानि, सडक, बिजुली, खेलकुद, कृषि लगाएत धार्मिक तथा सांस्कृतिक योजना तथा कार्यक्रमहरु रहेको उहाँले बताउनुभयो ।
उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, “वडामा स्वास्थ्य, शिक्षा र खेलकुदलाई पहिलो प्राथमिकता दिदै विकास निमार्णका कार्यहरु अगाडि बढाई रहेका छौ ।”
उहाँले कृषि क्षेत्रको लागि कृषकहरुलाई किटनाशक बिषादीहरुको औषधी वितरण गर्ने काम सम्पन्न भइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रमा वडामा रहेका गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई झोला र किताब कपि वितरण गरेका छौँ, साथै कक्षा १ दखि कक्षा १२ सम्म निशुल्क शिक्षा दिने व्यवस्था गर्ने घोषणा गरिसकेका छौँ ।”
त्यसैगरी स्वास्थ्य क्षेत्रमा सुत्केरी महिलाकोलागि शिवराज नगरपालिका देखि बुटवल भैरहवा सम्म निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा वडा सदस्यमा आबद्ध रहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “वडामा धेरै योजनाहरु रहेका छन्, उक्त योजनाहरु पुरा गर्नको लागि कामहरु तीव्र गतिमा अगाडि बढाइरहेका छौ ।
वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ विकास निमार्णका कार्यहरु भइरहेको वडा अध्यक्ष थारुले बताउनुभयो ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







