Share Icon

आलोक भावुक । 

गढवा, २१ चैत्र।  विभिन्न कार्यक्रम गरी गढवामा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा पालीका स्तरीय सहकारी संञ्जालको आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको सह आयोजनामा ६६अौं राष्ट्रिय सहकारी दिवस विभिन्न खेलकुद कार्यक्रम गरी गढवामा मनाइएको हो।

पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक विकास तथा पूर्वधार निवर्तमान मञ्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्य एबम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलकोको बिशिस्ट आतिथ्यमा मनाइएको छ ।

राष्ट्रिय सहकारी महासंघले यस बर्षको लागि सहकारीमा दिगोपन स्वनियमन र अनुशासन भन्ने मुल नारा तय गरेको छ। वि.सं. २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनलाई नै स्थापना दिवस मनाउने गरिएको छ ।

जनता माध्यमिक विद्यालय गढवाको खेल मैदानबाट गढवा बजार परिक्रमा गर्दै गढवा गाउँपालिकाको सभाहलमा पुगी कार्यक्रममा परिणत भएको थियो।

कार्यक्रम गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, सहकारी संस्थाका अध्यक्ष हिरालाल चौधरी,गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव, गढवा गाउँपालिका न्यायिक समिति सदस्य रेखा थापा,

गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासका पूर्व अध्यक्ष सद्दाम सिद्दिकी,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका दयाराम यादव लगाएतकाले शुभकामना मन्तव्य दिनु भएको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले देश विकाशमा सहकारीहरुले महत्वपूर्ण जिम्मेवारी पुरा गरेको बताउनुभयो।

देशको अर्थतन्त्रमा सहकारीहरुले १५ प्रतिशत जिम्मेवारी निर्वाह गरेको बताउदै प्रदेश सरकारले सहकारीहरु लाई ५(६ किसिमले बर्गीकरण गरेको बताउनु भयो । सहकारीहरुले बचत तथा ऋण सहकारीमा ठुलो समस्या भएको आउनुको मुख्य कारण बिना उदेश्यले लगानी गरेको बताउनुभयो।

उत्पादनमुलक कार्यक्रमको लागि मात्र लगानी गर्दा लगानी नडुब्ने बताउनुभयो। ऋण निकालेर उत्पादन मुलक कार्यक्रममा लगानी नगरे सम्म ऋण असुली गर्न नसकिने बताउनु भयो ।

देशको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै सबै सहकारीहरु आयमुलाक उत्पादनको क्षेत्रमा लगानी गरे सहकारी कहिल्यै घाटामा नजाने बताउनुभयो।

त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एक सहकारी एक उत्पादन मुलक कार्यक्रमको अवधारणा लागु नगरे सम्म सहकारीमा आर्थिक क्रान्ति गर्न नसकिने बताउनुभयो ।

गढवा गाउँपालिकामा रहेका सबै सहकारीहरुले एक सहकारी एक उत्पादन मुलक कार्यक्रम बनाएर पालिकामा आउनुस् पालिका सहयोग गर्न तयार छ अध्यक्ष पोख्रेलले भन्नुभयो ।

सामग्र गढवाको विकासका लागि सहकारीहरुको महत्वपूर्ण भुमिका रहन सक्ने बताउदै सहकारीहरु सके एक्लै नसके संयुक्त रुपमा एक दुई सहकारी मिलेर राम्रो ठोस् र दिर्घकालिन रुपमा उत्पादनमुखी कार्यक्रम बनाए पालिका बखत साथ सहयोग गर्न तयार रहेको बताउनुभयो। सबै सहकारीहरुले सहकारी मार्फत हामी देशको आर्थिक रुपान्तरण गर्छौ भन्ने अठोटका साथ लाग्नु पर्ने बताउनुभयो।

जुन उद्देश्य अनुसार सहकारी संस्था खोलेका थियौ त्यही अनुरूप काम गर्यौ कि गरेनौ आत्मसमीक्षा गर्नै पर्ने समय आएको बताउदै अधिकांस सहकारीहरु भित्र भित्रै आर्थिक संकटमा परेति पनी बाहिर नआएको बताउनुभयो।

उत्पादनमुखी कार्यक्रम ल्याई सबै हातेमालो गरी अगाडि नबढे सहकारीको अवस्था अझै बिग्रिनै भन्दै तत्काल पारदर्शी रुपमा नियमसंगत सहकारी संस्थाहरुलाई ब्यवस्थापन गर्नु पर्ने बताउनुभयो। सहकारी दिवसको अवसरमा महिला तर्फ कुर्सी दौड र पुरुष तर्फ तातो आलु खेल प्रतियोगिता समेत भएको थीयो ।

कार्यक्रममा गढवा गाउँपालिका लुम्बिनी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, वडा नम्वर ( ७ की वडा सदस्य रेखा थापा, गढवा

गाउँपालिका शहकारी शाखाका प्रमुख अशोक कुमार यादव, पालीका स्तरीय सहकारी सञ्जालका सल्लाहकार सल्लाहकार हेम राज अधिकारी, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव,लागाएत अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र विभिन्न शहकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लागाएतको उपस्थित रहेको थियो।

गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालकी उपाध्यक्ष कमला आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष ओम प्रकाश बस्यालले गर्नु भएको थियो।

Facebook Comments Box

Share Icon