दाेर्दी गाउँपालिका वडा नम्बर ९ मा सिलाई कटाई तालिम सुरु
काठमाडाैं । लमजुङकाे दाेर्दी गाउँपालिका वडा नम्बर ९ मा सिलाई कटाई तालिम सुरु भएकाे छ ।
वडा अध्यक्ष आशिष तामाङले “सीप नै जीवनको मुल प्राथमिकता,हाम्रो लक्ष्य आत्मनिर्भरता” भन्ने मुल नाराका साथ तीन महिने सिलाई कटाई तालिम सुरु भएकाे बताउनु भयाे ।
उहाँले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत सिलाई कटाई सीप विकास कार्यक्रम तालिम सञ्चालन गरिएकाे बताउनु भयाे।
तालिम आगामी असार ५ गते सकिने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयाे । तालिम गाउँपालिकाकाे आयाेजनामा भइरहेकाे उहाँले बताउनु भयाे ।
Facebook Comments Box







