विद्युत पाेल गाड्न श्रमदान गर्दै वडावासी
काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ मा विद्युत पाेल गाड्न वडावासीले श्रमदान गरिरहेका छ ।
वडा अध्यक्ष राजकुमार तामाङ (रन्जित) ले वडा कार्यालयकाे नेतृत्वमा गरिएकाे विद्युत पाेल गाड्ने काममा वडावासीले श्रमदान गरेकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘आज ग्रामीण विद्युतीकरण उपभोक्ता समिति सुर्यगढि-१, बाट सञ्चालित ग्रमीण विद्युतीकरण योजना अन्तर्गतको नयाँ लाइन विस्तारको काममा भङ्गेरि टाेलका करिब ५० घर धुरिका उपभोताहरुले बिधुत पोल गाड्न श्रमदान गर्नुभएकाे छ।’
श्रमदानमा समाजसेवी रामेश्वर खनाल र होम बहादुर तामाङकाे पनि सहभागिता रहेकाे वडा सचिव दिनेश श्रेष्ठले बताउनु भयाे ।
Facebook Comments Box