Share Icon

८ माघ,काठमाडाैं। उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नंं.१ का मनोज कुमार चौधरी, उहाँ एक सरल र अब्बल व्यक्तीत्वका धनी वडा अध्यक्ष हुनुहुन्छ।

स्थानीय तहको निर्वाचन पश्चात वडामा रहेका सडकहरुमा बत्तीको जडानको कामका साथै वडामा रहेका वृदवृदा, एकल महिला, गरीब तथा विपन्न वर्गका ८४ जनालाई सिरक, डस्ना, तक्या तन्ना, झुलहरु वितरणका कामहरु सम्पन्न गरीसकेको वडा अध्यक्ष चौधरीले बताउनुभयो।

उहाँ भन्नुहुन्छ, यसपालीको वार्षीक बजेट अनुसार अघिल्लो कार्यकाल र हालको कार्यकालमा पनी विशेष प्राथमिक्ता सडकलाई दिएको बताउनुभएको छ, अघिल्लो कार्यकालमा अधुरा रहेका सडकका कार्य र हाल वडामा रहेका धुले, कच्ची सडकहरुलाई कालोपत्रे सडक र प्रवेश गेट बनाउने कामहरु जारी रहेको छ।’

त्यसैगरी महिला र दलितको हकमाआम्दानी गर्न सक्ने व्यक्तीहरुलाई प्रत्येक वर्ष सुङँगुरको पाठापाठी उन्नत जातको बयल बोका तथा पाठापाठी, बङगुर वितरण गर्ने र कृषी क्षेत्रमा क्रान्ती र विकास सगैँ कृषककालागी मोटर बोडीङ गर्ने, शुद्ध खानेपानीको लागी ट्याङकीको लागी योजना बनाएको अध्यक्ष चौधरीले बताउनुभयो।

अध्यक्ष चौधरी भन्नुहुन्छ, ‘प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा आखाँ ,कानको शिवीर, र विभिन्न अपरेसन निशुल्क गरीने र महिलाहरुको लागी पाठेघर सम्बन्धी निशुल्क शिवीर सञ्चालन गर्ने जस्ता काम गर्दै आएको छ । ‘

त्यसैगरी दलित तथा महिला लक्षीत गरेर व्यबसाय मुलक, सिप मुलक सम्बन्धी सिलाई कटाई, प्राथमीक उपचारको लागी तिन महिने तालीम प्रदान गरेको र यस वर्ष पनी लक्षीत योजना तयार गरेर कार्यक्रम गर्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

अपाङ्गको लागी न्यानो लत्ता कपडा वितरण , आवश्यकता अनुसारको खानेकुरा दिने साथै ह्ुविल चिएर वितरण गरेको पनि वडा अध्यक्ष चौधरीले बताउनुभयो।

त्यसैगरी शिक्षा क्षेत्रको लागी भने अघिल्लो कार्यकालमा छुटेका विद्यालयहरुलाई प्राथमीक्ता दिने र १ देखी ५ सम्मका विद्यार्थीहरुलाई टिउसनको व्यवस्था गरीएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष चौधर्री भन्नुहुन्छ, ‘आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई नयाँ स्रोत, नया अवधारणा, समाजिक रुपान्तरण , दिगो विकास, पुर्वाधारकोलागी मिसनको साथ अघिल्लो कार्यकालमा गरेका कामहरुलाई प्राथमिकता दिदै योजनाहरुलाई अघि बढाउने र वडालाई विकास तर्फ लैजाने  छ ।’

Facebook Comments Box

Share Icon