वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष रानामगर

२७भदौ, कामठमाडौँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ ।
नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि।मी। दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि।मी। दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ ।
यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ गा।वि।स। समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ ।
गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ ।
गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित गँैडाकोट नगरपालिका वडा नं। १४ का वडा अध्यक्ष कोकिसरा रानामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन ः निर्वाचीत हुनुभयो ।
गैंडाकोट नगरपालिका वडा नं। १४ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कोकिसरा रानामगर ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रानामगर अहोरात्र खटिरहनुभएको छ ।
गँैडाकोट नगरपालिका वडा नं। १४ मा जम्मा बजेट नगरबाट ८० लाख विनियोजन गएिको वडा अध्यक्ष कोकिसरा रानामगरले जानकारी दिनुभयो ।
वडा अध्यक्ष रानामगर भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष रानामगरले बताउनुभयोे ।
वडा अध्यक्ष रानामगरले भन्नुभयो, “वडाबाट पहिलो प्राथमिकता शिक्षा, खानेपानी र बाटोलाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने र विद्यालयको वाल बनाउने काम गरिएको छ ।”
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि सिचाईको लागि बोरीङको व्यवस्था गरेको र पक्कि कुलोको निमार्ण गरेका छौ ।”
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेर तालिमलाई व्यवसायमुखिकरण गर्ने योजनामा रहेको वडा अध्यक्ष रानामगरले प्रष्ट पार्नुभयो ।
युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउन्ुभयो ।
त्यस्तै विद्युतको क्षेत्रमा सबै वडामा पुर्ण रुपमा विद्युत लाईन पराईसकेको र केहि नपुगेको ठाउँमा मर्मत सम्भार गर्ने कामहरु तीव्र गतिमा भईरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ” खानेपानीको क्षेत्रमा वडाबासीहरुले पिउँने पानीहरुलाई शुद्धिकरणको गर्नको लागि फिल्टरको व्यवस्था गर्ने काममा विशेष जोड दिएका छौ ।”
वडा अध्यक्ष कोकिसरा रानामगरले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।
