Share Icon

२७ भदौ,काठमाडौँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि।मी। दक्षिण पश्‍चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि।मी। दक्षिणमा अवस्थित छ ।

यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९ भरतपुर महानगरपालिका, पश्‍चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ ।

यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्‍चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ ।

नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा कार्यानवयनमा आएको यस गैंडाकोट नगरपालिका साविक गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर ४ गा।वि।स। समावेस गरि १८ वटा वडामा विभाजन गरिएको छ ।

गैंडाकोट नगरपालिका चितवन राष्ट्रिय निकुञ्जको उत्तर तर्फ रहेको र यहाँ बस्ति बस्नु भन्दा अगाडी गैंडा रहने स्थान भएकाले यस नगरपालिकाको नामकरण गैंडाकोट रहेको अनुमान गर्न सकिन्छ ।

गण्डकी प्रदेश नवलपरासी पुर्व जिल्लामा अवस्थित गैँडाकोट नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं। १६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष विनोद कुमार मल्ल ।

वडा अध्यक्ष मल्ल भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये लगभग सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेकोे छ ।”

विनोद कुमार मल्ल वडा अध्यक्ष निर्वाचित हुनुभन्दा पहिले वडा सदस्यमा रहेर काम गरे सगंसगै निरन्तर समाज सेवा गरेर अहिले जनताको विकास र समृद्धिको लागि अहोरात्र खटिरहनुभएको छ ।

गैँडाकोट नगरपालिका वडा नं। १६ मा वडाबाट ७० लाख, नगरबाट ५२ लाख बजेट र प्रदेशबाट १ करोड ५ लाख विनियोजन गरिएको वडा अध्यक्ष विनोद कुमार मल्लले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष मल्लले बताउनुभयोे ।

वडा अध्यक्ष मल्लले भन्नुभयो, “वडामा पहिलो प्राथमिकता शिक्षालाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यन गर्ने विद्यार्थीहरुलाई पुर्ण रुपमा निशुल्क गरेको र कक्षा १० मा अध्यन गर्ने गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निशुल्क शिक्षाको व्यवस्था गरेका छौ ।”

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेका गरिब तथा विपन्न वर्गका मानिसहरुको निशुल्क स्वास्थ्य विमा गरेको उहाँले बताउनुभयो ।

जेष्ठ नागरिक तथा अपांगहरुको लागि प्रत्येक महिनामा घरघरमा गएर निशुल्क स्वास्थ्य परिक्षण गरेर आवश्यक परेको बेला औषधिहरु दिने गरेको र जाडोको सिरकहरु वितरण गरेको वडा अध्यक्ष मल्लले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ” बाटोको क्षेत्रमा वडामा रहेको बाटो स्तरउन्नति गर्दै ढलान गर्ने र कालोपत्रे गर्ने काम भईरहेको छ ।”

त्यसै गरी सुत्केरी महिलाहरुको लागि सुत्केरी भत्ता भनेर ५ हजार दिने व्यवस्था गरेको र पोषणहरुको पनि व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

वडा अध्यक्ष विनोद कुमार मल्लले भन्नुभयो, ” वडामा जनजाति र लक्षित वर्गहरुलाई कुखराको चल्ला, दानाहरु र औषधिहरु वितरण गरेका छौ ।”

उहाँले भन्नुभयो, “आफुले पाउने पारिश्रमिकलाई गरिब तथा विपन्न वर्गका विद्यार्थीहरु अध्यन गर्ने संखरदेव विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेको उहाँको भनाई छ ।”

वडा अध्यक्ष कोकिसरा रानामगरले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon