Share Icon

१६ असाेज, काठमाडाैं । राप्ती सोनारी गाउँपलिकाकाे जनसंख्याको हिसाबले नेपालकै सबै भन्दा ठूलो गाउँपालिका हो ।

साेही गाउँपालिकाकाे जनसंख्या– ५९ हजार ९ सय ४६ रहेकाे छ । कुल क्षेत्रफल १०४१.७३ वर्ग किलाेमिटर रहेको यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ ।

साविकका ६ वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ । गा.पा मा समावेश भएका साविक गा.वि.स. हरुः–खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी रहेका छन् ।

राप्ती सोनारी गाउँपलिका-९ का वडा अध्यक्ष साेहन लाल थारूले मानव र जनावरबीचकाे द्धन्द्धका कारणले  कृषिमा समस्या भएकाे बताउनुभएकाे छ । उहाँले यस वडामा भूमिगत सिंचाइले ६० प्रतिशत धान राेपाइँ हुँदै आएकाे पनि बताउनुभयाे । साेही वडामा प्रत्येक घरमा खानेपानीकाे सुविधा रहेकाे पनि उहाँले बताउनुभयाे ।

तर केही घरमा खानेपानी पुर्याउन बाँकी रहेकाे उहाँकाे भनाइ छ । इन्टरनेटकाे सेवा वडाकाे सबै ठाउँमा  रहेकाे र  विद्युतकाे विस्तारकाे काम पनि करिब सबै ठाउँमा पुगेकाे उहाँले जानकारी दिनुभयाे । साथै लम्पी स्किन राेगकाे पनि नियन्त्रण हुँदै गएकाे उहाँकाे भनाइ छ। यहाँ रहेका २ सय ४२ प्रजातिका बाेट विरूवाकाे अनुसन्धान गर्नका लागि स्नातकाेत्तर तहका विद्यार्थीहरू आउने गरेकाे उहाँकाे भनाइ छ ।

सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभएकाे हाे । यस वडामा रहेका ४ वटा सामुदायिक विद्यालयहरूकाे शैक्षिक गुणस्तरकाे सुधार गर्ने प्रयास भइरहेकाे पनि उहाँले बताउनुभयाे । शिक्षककाे दरबन्दीकाे व्यवस्था भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । यस वडामा भएका मठ-मन्दिरलाई संरक्षण र व्यवस्थापन गरेर पर्यटकीय क्षेत्र बनाउने याेजना रहेकाे उहाँले बताउनुभयाे ।

साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा काम भइरहेकाे उहाँले बताउनुभएकाे हाे । आधुनिक तरिकाले खेती  लगाउने गरिएकाे पनि उहाँले बताउनुभयाे । वैदेशिक राेजगारीमा जानबाट युवा वर्गलाई राेक्नका लागि पनि पहल भइरहेकाे अध्यक्ष थारूले बताउनुभयाे।

साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ९ लाई पालिकाले ८५ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे । आर्थिक र सामाजिक विकास भएमा मात्र विकास निर्माणले गति लिने उहाँकाे तर्क छ ।

अन्त्यमा  निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्य रहेकाे उहाँकाे दावी छ ।

Facebook Comments Box

Share Icon