गण्डकी प्रदेशसभा बैठक बस्दै
२५ साउन,गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो ।
गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन ।
प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।
Facebook Comments Box
Related posts:
फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ: प्रधानमन्त्री दाहाल
चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम गर्दै छाैं : वडा अध्यक्ष रावल
जनताका ५० प्रतिशत बढी माग ५ वर्षमा पूरा गर्नेछुः वडा अध्यक्ष शेर्पा
जसपा र नागरिक उन्मुक्तिले गर्यो कुमार लिङ्देन नेतृत्वको दलसँग एकताको प्रस्ताव
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?