वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेका छाैं : अध्यक्ष चौधरी
१४ पाैष,काठमाडाैं । कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा वडाको विकास गर्न कुनै कठिनाई हँुदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन , अध्यक्ष राम बहादुर चौधरी ।
उपभोक्ता समिति गठन गरेर वडामा स्वास्थ्य,शिक्षा,बाटो सडक, खानेपानि,कृषि,सिपमुलक तालिम, सरसफाई,बिजुल्लि बत्ति,धार्मिक तथा सांस्कृतिक क्षेत्रका योजना तथा कार्यक्रमहरु पालिकाबाट पास भएका उहाँले जानकारी दिनुभयो ।
यो भन्दा अघि विभिन्न कारणले वडामा विकास निमार्णका कार्यहरु सम्पन्न गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरु अगाडि बढाई रहेको अध्यक्ष चौधरीले दिनुभयो ।
उहाँले भन्नुभयो, अब वडामा हामी विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा अघि बढाउने तयारीमा रहेको छाैं । त्यस्तै वडामा अपांग तथा वृद्धावृद्धलाई जाडो समयको लागि तातो लुगा वितरण गर्ने योजना बनाएका छाैं ।’
वडा नम्बर ४को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर वडामा कार्यक्रम तथा योजनाहरु अगाडि बढाईएको छ । विगत भन्दा अहिले यस वडामा धेरै परिर्वतन आएको उहाँले जानकारी दिनुभयो ।
बाढि पहिरो बाट पिडितलाई उद्धार गरेर क्षेतिपुर्ती स्वरुप राहात वितरण गरेका छौ । वडामा महिलाहरुकोलागि सिलाई कटाई तालिमको व्यवस्था गरेको अध्यक्ष चौधरी बताउनुभयाे ।
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







