वडाका काम गर्दा थुप्रै चुनौतीका साथै अवसर पनि रहेको वडा अध्यक्ष यादव
३० जेठ , काठमाडौं । मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ५ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । विकासले वडाको मुहार फेरिएको छ ।
पछिल्लो समय वडा नम्बर ५ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष कैलाश कुमार यादवले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम तिब्र गतिमा अघि बढिरहेको बताउनुभयो ।
वडा अध्यक्ष कैलाश कुमार यादवले भन्नुभयो, ‘हामी आएपछि सामाजिक सचेतना कार्यक्रम सञ्चालन गरेपछि उहाँहरुमा विकास निर्माणको काममा चासो राख्न थाल्नु भएको छ ।
हामीले टोल सुधार समिति, स्थानिय क्लव, महिला समुहहरुलाई सक्रिय बनाएर उनीहरुसंग सहकार्य गर्दै विकास र निर्माणको काम गरिरहेका छौं ।’
वडा अध्यक्ष कैलाश कुमार यादवले थप्दैँ भन्नुभयो, ‘जुन प्रभावकारी पनि भएको छ । धेरै विकास र निर्माणका काम भएका छन् । अधुरो र अपुरा भएका योजनालाई पुरा गरेको छु । स्रोत र साधनले भ्याएसम्म वडाको विकासमा लागेको छु ।
निर्वाचनको समयमा हामीले वडामा गर्ने सक्ने कामका मात्र प्रतिबद्धता जनाएका थियौ । ठुला– ठुला सपनाहरु र झुटको काम गरेनौं । हाम्रो वडालाई नमुना वडा बनाउनका लागि आवश्यक शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार विकासमा नै हाम्रो ध्यान केन्द्रीत थियो ।’
शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायतका क्षेत्र सबैलाई समेटेर काम गर्न बताउनुभयो। वडाका काम गर्दा थुप्रै चुनौतीका साथै अवसर पनि रहेको वडा अध्यक्ष यादवले बताउनुभयो ।
वडा अध्यक्ष यादवले भन्नुभयो, ‘ अघिल्ला वर्षका बाँकी योजनाहरू सडक , विद्यालय, खोपकेन्द्र लगाएत थुप्रै विकासका योजनाहरू रहेको मेरो कार्यकालमा समापन गरेको साथैं नमुना वडा बनाउने लक्ष्य रहेको र सोहि अनुसार कार्यमा तिब्रता दिएको बताउनुभयो ।’
उहाँले शिक्षा,स्वास्थ र कृषिलाई विशेष ग्रहयता दिएर काम गरिरहेको र वडाको योजना उपभोक्ता समितिमार्फत काम भईरहेको समेत जानकारि दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गाउँमा भएका साना-साना झगडाहरु पनि हामिले वडामै मिलाउने गरेको छौ ।’ कृषि बिमा र सामाजिक सुरक्षा भत्ता घर(घरमै गएर वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै विकासको काम अगाडि बढाउँदै लैजाने उहाँले बताउनुभयो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामी सबै मिलेर वडाको विकास गर्ने भएको हुँदा साझा धारणा बनाएर सबै मिलेर काम गरौं । भोलीको पुस्ताले हामीले गरेको कामको मुल्यांकन गर्ने छन् । राजनीति स्वार्थ भन्दा पनि विकासको स्वार्थ राख्नु पर्दछ । हामीले गरेको कामको रचनात्मक सुझाव, सल्लाह र खबरदारी गर्न सबै वडा बासीमा अनुरोध गर्दछु । अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण ५ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







