आर्थिक मन्दीको असर रोजगारीमाः गुगलको माउ कम्पनी अल्फाबेट १२ हजार कर्मचारी कटौती गर्दै

Share Icon

८ माघ, काठमाडाैंटेक्नोलोजीमा आधारित कम्पनीहरुले आर्थिक मन्दीका कारण खर्च घटाउन थालेका छन्। यस क्रममा गुगलको माउ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने भएको छ।

योसँगै संसारभरि टेक कम्पनीहरुमा कर्मचारी कटौती गर्ने सिलसिला हाल नरोकिने देखिएको छ। केही समययता विश्वभर मेटा, अमेजन, माइक्रोसफ्ट लगायतका टेक जायन्टहरूले निरन्तर खर्च कटौती गर्न कर्मचारी घटाउँदै आएका छन्।

भर्खरै मात्रै माइक्रोसफ्टले १० हजार र अमेजनले १८ हजार जनाको जागिर कटौती गर्ने घोषणा गरेको थियो।

गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले आन्तरिक इमेलमा कटौतीको ‘पूर्ण जिम्मेवारी’ लिएको बताएका छन्। यस कटौतीमा मुख्यत: मानव संसाधन र ईन्जिनियरिङ युनिटका कर्मचारीहरु पर्ने भएका छन्। यसले विश्वव्यापी रूपमा अल्फाबेटको ६ प्रतिशत कार्यबललाई असर गर्नेछ।

पिचाईले कर्मचारीहरूको काम र कडा परिश्रमलाई सराना गर्दै उनीहरूको ‘योगदानहरू अमूल्य भएको’ बताएका छन्।

उनले लेखेका छन्- ‘यद्यपि यो संक्रमण सजिलो हुने छैन । हामी कर्मचारीहरूलाई अर्को अवसर खोज्दै गर्दा सहयोग गर्नेछौँ। तबसम्म, कृपया यो कठिन समाचारलाई आत्मसात गर्दा आफ्नो ख्याल राख्‍नुहोस्।’

कम्पनीज हाउसको पछिल्लो फाइलिङ अनुसार, गुगलको बेलायतमा ५,५०० भन्दा बढी कर्मचारीहरू छन्। तर, यी मध्ये कतिलाई कटौतीले असर गर्छ भन्ने हाल स्पष्ट छैन।

कर्मचारी कटौतीमा परेकाहरूका अमेरिकी कर्मचारीहरूको लागि पिचाईले सिभरेन्स प्याकेजहरू घोषणा गरेका छन्। यस अन्तर्गत उनहरूले कम्तीमा १६ हप्ताको तलब, गत वर्षको बोनस, पेड बिदा र छ महिनाको स्वास्थ्य कभरेज प्राप्त गर्नेछन्।

वाल स्ट्रीटले भने यस कटौतीलाई स्वागत गरेको छ। स्टक बजार खोल्नु अघि अल्फाबेट सेयरहरू इलेक्ट्रोनिक ट्रेडिङमा ३.५ प्रतिशतले बढेको थियो ।

विश्लेषकहरूले प्राविधिकका ठूला कम्पनीहरू पहिले दिगर्कालिन सुस्त माग नदेखि अति खर्च गरेको बताएका छन्।

वेडबस सेक्युरिटीजका ड्यानियल इभ्सले यी कटौतीहरूले ‘हाइपर ग्रोथ’ मा आधारित क्षेत्रहरूमा गैरजिम्मेवार खर्चलाई हाइलाइट गरेको तर्क अघि सर्छन्।

‘वास्तविकता भनेको टेक जायन्टहरूले चाहिने भन्दा धेरै कर्मचारी भर्ती गरे जुन दिगो थिएन,’ उनले भने।

टेक साइट लेअफस डट एफवाईइका अनुसार, गत वर्षको शुरुवातदेखि अमेरिकामा लगभग १ लाख ९४ हजार उद्योग कर्मचारीहरूले आफ्नो जागिर गुमाएका छन्।

हेवलेट प्याकार्ड र क्लाउड कम्प्युटिङ जायन्ट सेल्सफोर्सले पनि यस महिना ठूलो कटौतीको घोषणा गर्‍यो। व्यापक मुद्रास्फीति र बढ्दो ब्याज दरले कारोबार वृद्धि सुस्त भएको कारण यी कम्पनीहरू सो कदम चालेका हुन्।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.