नवगठित मोदी मन्त्रिपरिषद्को पहिलो निर्णय : गरिबका लागि ३ करोड घर बनाउने

Share Icon

काठमाडाैँ । लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी नेतृत्वमा नवगठित मन्त्रिपरिषद्‌को पहिलो बैठकले गरिबका लागि थप ३ करोड नयाँ घर बनाउने निर्णय गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बसेको मोदी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको हो।

गाउँ र सहरमा बनाइने यी घरमा शौचालय, बिजुली, पानी र ग्यास जडान हुनेछ।

प्रधानमन्त्री मोदीले पहिलो कार्यकालका बेला सन् २०१५/१६ मा यो योजना सुरु गरेका थिए। यस योजनाअन्तर्गत विगत १० वर्षमा ४.२१ करोड घर बनाइसकिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सोमबार बसेको भारतीय मन्त्रिपरिषद्को पहिलो बैठकमा विपन्न परिवारको संख्या बढ्दै गएकाले थप घर निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको थियो। यो आवश्यकता पूरा गर्न थप ३ करोड घर बनाउने निर्णय गरिएको हो।

मोदीले लगातार तेस्रोपटक आइतबार भारतको प्रधानमन्त्रीको शपथ खाएका थिए। उनीसँगै ७१ मन्त्रीले पनि राष्ट्रपति भवनमा शपथ खाएका थिए। हाल मोदी मन्त्रिपरिषद्को कूल सदस्य संख्या ७२ छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.