चिनियाँ पार्कमा चार अमेरिकीमाथि चक्कु प्रहार

Share Icon

बेइजिङ । चीनको एउटा पार्कमा अमेरिकी नागरिकहरूमाथि चक्कु प्रहार भएको छ । उत्तर पूर्वी चीनको चिलिन प्रान्तस्थित एक पार्कमा सोमबार सो हमला भएको बताइएको छ ।

हमलामा पर्ने चारै जना अमेरिकीहरू आईओवा विश्वविद्यालयका शिक्षकहरू भएको अमेरिकी सञ्चार माध्यम र अमेरिकाको सरकारी अधिकारीहरूले बताएका छन् । पीडितमध्ये एक आफ्नो भाइ भएको आईओवाका प्रतिनिधि एडम जाब्नरले रोयटर्सलाई भनेका छन् । चिलिन सहरमा रहेको एक मन्दिरमा जाने क्रममा भाइ डेभिड जाब्नरमाथि आक्रमण भएको र हातमा चोट लागेको उनले बताएका छन् ।

घटनाको समयमा जाब्नरको समूह बेइशान पार्कमा रहेको एक मन्दिरमा गएका थिए । आक्रमणको उद्देश्य अज्ञात रहेको बताइएको छ । सोमबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो हालिएको थियो ।

सो भिडियोमा रक्तमा लतपत भएका मानिसहरूको एक समूहमा चौरमा पल्टिरहेको देखिन्छ । तर चिनियाँ सामाजिक सञ्जालमा भने यस घटनासँग सम्बन्धित तस्बिरहरू भेटिएका छैनन् । पर्खालको भित्तामा लेखिएको चिनियाँ अक्षरहरू हेरेर रोयटर्सले घटना भएको ठाउँ पत्ता लगाएको थियो । यो भिडियो कहिले सुट भएको हो भन्ने चाहिँ रोयटर्सले पुष्टि गरेको छैन।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.