वडालाई विकासकाे लहरसंग जाेडदैं अध्यक्ष चौधरी
८ माघ,काठमाडाैं। उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नंं.१ का मनोज कुमार चौधरी, उहाँ एक सरल र अब्बल व्यक्तीत्वका धनी वडा अध्यक्ष हुनुहुन्छ। स्थानीय तहको निर्वाचन पश्चात वडामा रहेका सडकहरुमा बत्तीको जडानको कामका साथै वडामा रहेका वृदवृदा, एकल महिला, गरीब तथा विपन्न वर्गका ८४ जनालाई सिरक, डस्ना, तक्या तन्ना, झुलहरु वितरणका कामहरु सम्पन्न गरीसकेको वडा अध्यक्ष चौधरीले बताउनुभयो। उहाँ भन्नुहुन्छ, यसपालीको वार्षीक बजेट अनुसार अघिल्लो कार्यकाल र हालको कार्यकालमा पनी विशेष प्राथमिक्ता सडकलाई दिएको बताउनुभएको छ, अघिल्लो कार्यकालमा अधुरा रहेका सडकका कार्य र हाल वडामा रहेका धुले, कच्ची सडकहरुलाई कालोपत्रे सडक र प्रवेश गेट बनाउने कामहरु जारी रहेको छ।' त्यसैगरी महिला…
