वडाबासीहरुलाई लक्षित गर्दै वडामा योजना तथा कार्यक्रमहरु ल्याइएको छाैं : अध्यक्ष छन्तेल
२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका वडा नं.१० मा अहिले विकासले फड्को मारेको छ। वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,सिचाँई,बाटो सडक,बिजुल्लि बत्ति तथा कृषि क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो ।
त्यस्तै स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा खानेपानि,सिचाई,बाटो सडक तथा कृषि क्षेत्रमा पनि राम्रो विकास भएको वडा अध्यक्ष छन्तेलले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष छन्तेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएको उहाँले बताउनुभयो ।उहाँ सबै वडाबासीहरुको मन मुटुमा बस्न सफल हुनुहुन्छ । उहाँ जनताले रुचाएका एक अब्बल वडा अध्यक्ष हुन् वडा अध्यक्ष टिकाराम छन्तेल । उहाँले भन्नुभयो वडाको चौतर्फी विकासको लागि वडामा भोक तिर्खा,प्यास,घाम पानि नभनि निरन्तर लागि परेको उहाँले बताउनुभयो ।
यस वडाले विकासको मुहार फेरेको छ । महिला तथा युवाहरुलाई लक्षित गर्दै वडामा सिपमुलक तालिमको व्यवस्था गरेको ,सिलाई कटाईको तालिमको व्यवस्था गरेको ,रोजगारीको व्यवस्था गरेको र वडा स्तरीय फुटबल,भलिबल सञ्चालन गरेको उहाँले बताउनुभयो ।
त्यस्तै वडामा जनचेतनामुलक कार्यक्रम,सरसफाईको अभियान सञ्चालन गरेको वडा अध्यक्ष छन्तेलले बताउनुभयो । त्यस्तै स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेको उहाँले बताउनुभयो ।
अन्त्यमा भन्नुभयो, जसरी मलाई जनताहरुको अमुल्य भोट दिएर मलाई विश्वास गरेर जिताउनु भयो ,त्यसरी नै जनताको विश्वास टुट्न दिने छैन । सदैव जनताको विकासको लागि परिरहने छु ।