Share Icon

२ माघ, काठमाडाैं ।  सुर्खेत जिल्लाको लेकबेशी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष पर्शुराम भण्डारीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,बाटो सडक,बिजुल्लि बत्ति, कृषि तथा भौतिक पुर्वाधारको क्षेत्रमा राम्रो काम भएकको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो । वडाको चौतर्फी विकासको लागि वडामा सदैव लागि परेको उहाँले बताउनुभयो ।

उपभोक्ता समिति गठन गरेर विभिन्न योजनाहरु पालिकाबाट पास गरेको उहाँले बताउनुभयो । चाडपर्व,प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको माहोलले धेरै काम गर्न नसकिएको र अबको लगतै तिब्र गतिमा काम गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै महिलाहरुलाई लक्षित गर्दै वडामा सिपमुलक तालिमको व्यवस्था,सिलाई कटाईको तालिम व्यवस्था गरेको वडा अध्यक्ष भण्डारीले बतायनुभयो ।

त्यस्तै वडामा जनचेतनामुलक कार्यक्रम,स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,बाटो सडक,सिचाई,कृषि तथा धार्मिक आदि योजनाहरु रहेका उहाँले बताउनुभयो । पहिले भन्दा अहिले वडामा धेरै परिर्वतन आएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यस्तै उहाँले भन्नुभयो, आफनो पाँच वर्षको कार्यकालमा यस वडालाई नमुनाको रुपमा चिनाउने छु उहाँले भन्नुभयो । अन्त्यमा उहाँले भन्नुभयो, जसरी मलाई जनताले विश्वास गरेर अमुल्य भोटले जिताएका छन, त्यसरी नै जनताको विश्वास टुट्न दिने छैन ।

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै कामहरु निरन्तर अगाडि बढाई रहेको उहाँले बताउनुभयो । वडाको चौतर्फी विकासको लागि सदैव लागि परिरहेको उहाँले बताउनुभयो ।

Facebook Comments Box

Share Icon