Share Icon

२६ माघ, काठमाडाैं । बर्दिया जिल्लामा नयाँ गठन भएका गाउँपालिका तथा नगरपालिकाहरुमा विकासको सम्भावना बोकेको गाउँपालिकाको रुपमा बढैयाताल गाउँपालिका रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ।

साविक कालिका गा वि स को वडा नम्बर ३,५,६,७ र८ मिलाएर बनाएको छ । यस वडाका जनप्रतिनिधि डिला देव गिरी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो।

समाजिक कार्यमा आवद्ध भएर निरन्तर रुपमा लागी रहेको साथै वडाको विकास, निर्माण कार्यमा एकरुपमा लागेको बताउनुभयो।

वडा अध्यक्ष गिरीले भन्नुभयो, “हामी विशेष गरेर यातायात पुर्वाधारमा लागी वडाका गतिबिधि केन्द्रित गरेका छौ । लक्षित वर्गका कार्यक्रमहरु साथै वडामा विकास निर्माणका कार्यहरु तिब्र गतिमा अगाडि बढाउने तयारीमा रहेका छौ।”

२ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि, बाटो तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष गिरीले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि व्यवसाय तथा कृषीमा आबद्ध रहनुभएका गिरी वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

अध्यक्ष गिरीले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।

२ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ८ का अध्यक्ष डिला देव गिरीले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि व्यवसाय पेशामा आबद्ध रहनुभएका गिरीले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष गिरीले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको साथै पहिले पनि वडा सदस्यमा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

वडा अध्यक्ष गिरीलले भन्नुभयो, ‘मेरो विवेकले भ्याए सम्म जनताको शासक नभई सेवक भएर काम गर्न मेरो लक्ष्य उदेश्य, चहान, इच्छा हो । कहिले काही जति नै राम्रो काम गरे पनि प्रश्न चिन्ह खडा नै गरि हाल्छन ।

एउटा घरमा त परिवारलाई चित्त बुझाउन सकस हुन्छ सम्रग वडाको प्रतिनिधित्व गरेर काम गर्दा वडामा कहिले काही समस्या त परिनै हाल्छ तर सम्रगमा वडाबासीले हामीलाई साथ र सहयोग दिनै रहनुभएको छ ।’

कृषी लगायत अन्य बिषयमा रहेका समस्याहरु मेरो कार्यकालमा अन्त्य गर्ने उदेश्यले काममा लागेको समेत प्रष्ट पानुभयो । स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष गिरीले वताउनुभयो।

उहाँले भन्नुभयो, ‘हाम्रो वडामा बाटोघाटो, जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष अन्तर आत्मा देखि नैै धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon