Share Icon

१५ कात्तिक,काठमाडाैँ । कुशे गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ ।

कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो।

समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड र चैयागाड दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत हो ।

कर्णाली प्रदेश जाजरकाेट  जिल्लामा अवस्थित कुसे गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नर बहादुर सिहंले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

कुसे गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष  १ बहादुर सिहं ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष सिहं अहोरात्र खटिरहनुभएको छ ।

कुसे गाउँपालिका वडा नं. १  जम्मा बजेट पालिकाबाट ३० लाख  वजेट विनियाेजन गरेकाे वडा अध्यक्ष नर बहादुर सिहंले जानकारी दिनुभयाे ।

वडा अध्यक्ष सिहं भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ।”

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष सिहंले बताउनुभयोे ।

वडा अध्यक्ष सिहंले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, खानेपानी र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने  याेजनामा रहेकाे छ । “

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा विद्यार्थीहरूकाे संख्या बढाउनकाे लागि विशेष जाेड दिएकाे र समय समयमा विद्यालयकाे अनुगमन गर्ने कामहरू भइरहेकाे उहाँले प्रष्ट  पार्नुभयाे ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको वडा अध्यक्ष सिहंले जानकारी दिनुभयो । कृषिकाे क्षेत्रमा वडाबाट विभिन्न विउ विजनहरू अनुदानमा वितरण गर्ने याेजनामा रहेकाे उहाँकाे दाबी छ ।

पछिल्लाे समय पालिकाबाट वडामा सिमित बजेट विनियाेजन भएका कारण आफुले भनेकाे जस्ताे काम गर्न नसकिएकाे वडा अध्यक्ष  राम बहादुर सिहंले बताउनुभयाे ।

वडा अध्यक्ष नर बहादुर सिहंले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ? 

वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon