Share Icon

कलैया । बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न खोज्दा प्रहरी र राजनीतिकर्मीबीच धक्काधुक्की भएको थियो । सोही क्रममा आफूलाई बाराका डिएसपी पुरुषोत्तम पाण्डे र इन्स्पेक्टर रुपेश साहले कुटपिट गरेको र सोबाट मेरुदण्डमा समस्या देखिएको आरोप लगाएका यादवको मेरुदण्डको समस्या विगत लामो समयदेखि रहेको पाइएको हो ।

यादव विगत लामो समयदेखि मेरुदण्डको समस्या लिएर काठमाडौंदेखि दिल्लीसम्म उपचार गराएको उनकै सामाजिक सञ्जालमा पोष्ट्याइएको तस्विरबाट पुष्टि भएको छ । यादव सन् २०१९ मा मेरुदण्डको समस्या लिएर भारतको दिल्ली स्थित मेदान्ता हस्पिटलमा उपचार गराएको सामाजिक सञ्जालबाट पुष्टि भएको हो । उनले सन् २०१९ जुलाई ५ तारेखका दिन भारतको दिल्ली स्थित मेदान्ता अस्पतालबाट आफ्नो परिवार सहित फोटो पोष्ट गरेका छन् । जसमा लेखिएको छ ‘नव जीवन प्राप्ति पश्चात तेश्रो पटक डाक्टरलाई भेटेपछि हामी दुईटैले सल्लाह गर्यौ….’ ।

यसैगरि यादवले सन् २०१९ डिसेम्बर १३ तारेखमा फोटो पोष्ट्याई लेखेका छन् ‘नयाँ जीवन दाता डा. सुशान्त भुयान मेदानता हस्पिटल दिल्ली, आफ्नो विरामीलाई देख्दा डाक्टर खुशी हुँदा म पनि…..’ । यस पोष्टबाट पनि उनी विगत लामो समयदेखि मेरुदण्ड समस्याबाट ग्रसित रहेको र गम्भिर अवस्थाबाट पुनः नयाँ जीवन पाएका छन् । यसरी उनी पटक पटक डाक्टरलाई भेटेर उपचार गराएका छन् । त्यती मात्रै नभई उनी मेरुदण्डको समस्या लिएर करिब २ वर्ष अगाडि काठमाडौं स्थित बि.एन.बि. अस्पतालमा करिब अढाई महिनासम्म भर्ना भई उपचार गराएका छन् । यसरी लामो समयदेखिको समस्यालाई अहिले ‘समसामयिक इसु’ बनाई बारा प्रहरीमाथि राजनीतिकरण गरिँदैछ ।

एनजिओकर्मी पृष्टभूमिबाट राजनीतिमा प्रवेश गरेका यादव बारा जिल्लाबाट नेपाली काँग्रेसको अस्तित्व समाप्त हुने देखेपछि प्रहरीमा आफ्नो दबदबा बनाउन प्रहरी अधिकृतहरुमाथि राजनीतिकरण गरि रहेको बताइएको छ । घटना भए दिनदेखि नै कलैयामा प्रहरी विरुद्ध आन्दोलन भई रहेको छ तर ति आन्दोलनमा सहभागी हुनेहरु नेपाली काग्रेसका कार्यकर्ता एवं महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बरियारपुरबाट भाडामा ल्याएका जनताहरु रहेको बताइएको छ ।

कानून कार्यान्वयन गराउने प्रहरी अधिकृतमाथि यस किसिमको राजनीतिकरण सफल भयो भने देश र जनताको सुरक्षा चुनौतिपूणर् हुँदै जाने देखिन्छ । सुरक्षाकर्मी अधिकारीमाथि नै राजनीतिकरण सफल भएपछि कुनैपनि सुरक्षाकर्मीले आफ्नो कर्तव्य भन्दा पनि नेताहरुको चाप्लुसीमा लाग्नुको विकल्प हुँदैन । जसबाट भोलिका दिनमा जनताहरु आफ्नो सुरक्षाको प्रत्याभूति कसरी गर्लान् भन्ने प्रश्न उब्जिएको छ । र यो घटनाले पनि प्रहरीलाई नेताको अगाडि झुक्नुपर्ने बाध्यता सृजना गरिँदैछ । आफूमाथि कुटपिट भएको बहानामा राजनीतिकर्मीले पुराना समस्याहरुलाई देखाई उपचारका लागि दिल्लीसम्म जाने योजना बनाई रहेका छन् ।

जबकी बारा प्रहरीले दुबै पक्षबाट कमि कमजोरी भएको हुन सक्ने भन्दै घटनाको निन्दा गरि सकेको छ । आफ्नो कर्मचारीबाट गल्ती भए कारवाही गर्ने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले विश्वास दिलाई सकेका छन् । त्यसको साथसाथै प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा छानविन समिति पनि गठन भइसकेको छ । समितिले दिएको प्रतिवेदनको आधारमा गल्ती गर्नेलाई कारवाही हुन्छ भनेर बारा प्रहरी भनि रहँदा यत्रो राजनीतिकरण गर्नुपर्ने आवश्यकता के ? एक त अधवैशे उमेर अवस्थामा पुगि सकेका छन् । जति पनि पुराना समस्याहरु छन्, त्यो प्रहरीकै कुटाईबाट भएको भनेर आरोप लगाई आफ्नो राजनीति रोटी सेकि रहेका छन् ।

घटनालाई लिएर प्रहरी आफै सम्वेदनशील भएर छानविन गरि रहेको छ । तर राजनीतिकर्मीहरुले त्यो विषयलाई लिएर दिनहुँ आन्दोलन गरि रहेका छन् । आन्दोलनबाट राजनीतिकर्मीहरुको ब्रचश्व बनि रहेको होला तर दिनहुँ सर्वसाधारण सेवाग्राहीहरु मर्कामा परि रहेका छन् । जिल्ला प्रहरी कार्यालय भित्र यस्ता परिस्थिति उत्पन्न भए नागरिकको सेवामा खटेका प्रहरीलाई सेवा दिन कठिनाई हुने अवस्था देखिन्छ । असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र सवारी चालक नभएका मोटरसाइकल चालक घाइते भएका थिए ।

सो घटनाको विषयमा अस्थायी प्रहरी चौकी कलैया बसपार्कमा छलफल भई समाधान भइसकेकोमा पुनः जिल्ला प्रहरी कार्यालयमा साउन २ गते बेलुका छलफल हुने क्रममा आफ्नो पक्षमा पार्न दबाब दिन खोज्दा तथा होहल्ला गर्दा विवाद उत्पन्न भएको थियो । विवादको क्रममा आफूमाथि डिएसपी र इन्स्पेक्टरले कन्ट्रोलमा राखेर कुटपिट गरेको र त्यही कुटपिटबाट आफ्नो मेरुदण्डमा समस्या देखिएको राजनीतिकर्मी यादवको आरोप छ ।

Facebook Comments Box

Share Icon