बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यलयद्वारा प्रभातफेरी सरसफाई कार्यक्रम

७ फागुन, काठमाडाैं। आज बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा प्रभातफेरी तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
बढैयाताल गाउँ पालिका वडा नम्बर ८ को आयोजनामा ७ नम्बर वडाका वडा अध्यक्ष, वडा नम्बर ८ का पुर्व अध्यक्ष, कालीका समुदायकका अध्यक्ष, प्रहरी प्रमुख, युवा क्लबका अध्यक्ष तथा पदाधिकारीहरू साथै विभिन्न विद्यालयका प्रअ लगायतको उत्साह जनक उपस्थितीमा बजार व्यवस्थापन समिती, टोल विकास समिती तथा प्रतिनिधिहरुक लगायतको सहभागितामा बढैयातालको मुख्य चोक देखि बजार क्षेत्रसम्म सरसफाइ एवंम डस्टबिन वितरण गरिएको हो।
आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ। नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज बढैयाताल गाउँ पालिका वडा नम्बर ८ को आयोजनामा प्रभातफेरी तथा सरसफाई कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेलले उल्लेख गर्नुभयो ।
७३ औँ प्रजातन्त्र दिवसको अवसरमा सिजनात्मक काम गरौ साथै हाम्रो वरपर रहेको बातावरण सफा, स्वच्छ राखौं भन्ने सन्देश दिदै सो कार्यक्रम आयोजना गरेको वडा नम्बर ८ का वडा अध्यक्ष पौडेले जानकारी दिनुभयो ।
२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै वडाबाट सिजनात्मक सन्देश दिने उदेश्यले बढैयाताल वडा नम्बर ८ वडाकाे कार्यलयले प्रभातफेरी तथा सरसफाई कार्यक्रम गरेको वडा अध्यक्ष पौडेलले प्रष्ट पार्नुभयो ।
https://fb.watch/iNGKbl_wXN/