♥ध्रुब कार्की

२९ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका स्थित ६ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा भरतराज खड्का निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

पछिल्लो समय उमाकुण्ड गाउँपालिका स्थीत वडा नम्बर ६ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष खड्काले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष भरतराज खड्का ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

सल्लाह-सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौँ । जे होस् अरूभन्दा ६ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ६ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

हाल वडामा लगभग सत्तरी प्रतिशत योजना काम सम्पन्न भए सँगै बाँकी रहेका योजनाका कामहरुलाई समेटेर सम्पन्न गर्नको लागि वडामा अहोरात्र खटिरहेको उहाँले बताउनुभयो ।

वडामा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष खड्काले बताउनुभयो ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा रहेका सामुदायीक विद्यालयहरुलाई आवश्वकताअनुसार बजेट विनीयोजन गरेसँगै विद्यालयहरुका भौतिक संरचनाहरु निर्माण तथा मर्मत गर्दै शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन हामीले शिक्षकहरुलाई तालिमहरु प्रदान गर्दै लागी परीरहेका छौँ ।”

त्यसैगरी वडामा रहेका स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा रहेका युवा, महिला तथा लक्षित वर्गहरुलाई कृषि क्षेत्रमा जोड्नका लागि पशुपालन सम्बन्धी तालिमहरु प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको बताउनुभयो । त्यसैगरी वडामा उत्पादन भएका फलफुल तथा बालिनालीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे वडामा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष खड्काले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिणर् भएका सडकहरुलाई ग्राबेल तथा सोलिङ सँगै स्तर उन्नती गर्ने योजनामा समेटेका छौँ ।”

त्यसैगरी वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै दुई वर्ष भित्र वडामा खानेपानीको समस्या निवारण गर्ने योजनाका साथ कामहरु भइरहेको अध्यक्ष खड्काले बताउनुभयो ।

वडा अध्यक्ष खड्काले भन्नुभयो, ‘वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने छ ।’

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको उहाँको भनाई छ ।

निरन्तर रुपमा लागीपरेका छौ । मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएकोमा एकदमै धेरै खुसी भएको कुरा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

६ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाएर वडाको विकास गर्दै लगिने वडालाई सभ्य र समृद्धी वडा बनाउने नम्बर ६ का अध्यक्ष खड्काले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुणर् वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।

Facebook Comments Box