Share Icon

♠हस्ता विष्ट
गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित सुन्दरबजार नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष मनराज गुरुङ स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

सुन्दरबजार नगरपालिका वडा नं. ९ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष मनराज गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।

सुन्दरबजार नगरपालिका वडा नं. ९ मा पालिकाबाट जम्मा बजेट ५५ लाख र संघबाट करिब १ करोडको बजेट विनियोजन गरिएको वडा सचिव सावित्री बरालले जानकारी दिनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गुरुङले बताउनुभयोे ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, वडामा रहेका साना तिना बाटोहरुको स्तरउन्नति गर्दै ढलान गर्ने कामहरु सम्पन्न भएको छ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको वडामा रहेका सामुदायिक विद्यालयहरु भौतिक संरचना निमार्ण गरे साथसाथै विद्यालयको झयाल ढोका लगाउने काम सम्पन्न भएको वडा अध्यक्ष गुरुङको भनाई छ ।

उहाँले भन्नुभयो,  ” स्वास्थ्यको क्षेत्रमा बालबालिकाहरुलाई स्वस्थ राख्नको लागि वडाबाट बालपोषण कार्यक्रम राखिएको छ । ”

त्यसै गरी कृषिको क्षेत्रमा मध्यनजर गर्दै कागति, संख्रत्रो लगाएतका विभिन्न फलफुलको विरुवाहरु वितरण गरेको र कृषि सिचाईको लागि बजेट विनियोजन गएिको उहाँले बताउनुभयो ।

खानेपानीको क्षेत्रमा धारा कुवाको मर्मत सम्भार गर्नको लागि वडाबाट बजेट विनियोजन गरिएको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो । त्यसै गरी महिलारुलाई लक्षित गर्दै सिपमुलक तालिमहरु अचार बनाउने लगाएत अन्य तालिमहरुको व्यवस्था उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,  ” युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदहरु भलिबल कार्यक्रम सम्पन्न भएको छ ।  ” त्यसै गरी विद्युतको क्षेत्रमा सडक बत्ति उज्यालो अभियानका साथ उपभोक्ता समिति मार्फत काम अगाडि बढाउने योजनामा रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon