Share Icon

♣ हस्ता विष्ट 
१७ फागुन, काठमाडाैँ । लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नंं.८ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ८ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा घनसिङ तामाङ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष तामाङ अहोरात्र खटिरहनु भएको छ ।

वडा अध्यक्ष तामाङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, तटबन्धन, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष तामाङलेबताउनुभयोे ।
वडा अध्यक्ष तामाङले भन्नुभयो, वडामा रहेको बाटो सडकको खण्डमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, तारजालि वाल लगाउने कामहरु निरन्तर भईरहेको छ ।

त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको लागि विभिन्न तरकारीहरु विउँ विजन गरेको र मौरी पालनलाई व्यवसायिक बनाउन मौरीको घारहरु वितरण गर्ने योजनामा रहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रर्वधन गर्नको लागि वडामा विभिन्न गुम्बाहरुको निमार्ण तथा मर्मत सम्भार गर्ने योजनामा रहेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

त्यसै गरी वडामा सामुदायिक भवनको निमार्ण गर्ने कामहरु अन्तिम चरणमा पुगेको वडा अध्यक्ष तामाङको भनाई छ ।

उहाँले भन्नुभयो, खानेपानीको क्षेत्रमा एक घर एक धाराको निमार्ण गर्न वडाको विशेष पहलबाट बृहत रुपमा भईरहेको छ ।

त्यसै गरी विद्युतको क्षेत्रमा पोलहरुको मर्मत सम्भार गर्ने योजनामा राखेको वडा अध्यक्ष तामाङले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, वडामा साना तिना योजनाहरु धेरै रहेका छौ , ति योजनाहरु सम्पन्न गर्नको लागि हामी अहोरात्र खटिरहेको छौ ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon