Share Icon

२५ असाेज, काठमाडाैं । ताप्लेजुङ्ग जिल्लाको पूर्वी भू-भागमा अवस्थित सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको छ।

साेही गाउँपालिका २ हजार ६ सय वर्ग किलाेमिटर श्रेत्रफलमा फैलिएको हाे। साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गाविसलाई समेटेर निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२ हजार ९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आय श्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ ।

धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा बढीमा मात्रमा पर्यटकीय, जैविक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरु रहेका छन् । साव्लाखु भञ्जयाङ केन्द्र रहेको यो गाउँपालिकाको केही वडा बाहेक सबै वडाहरुमा मोटरबाटो विस्तार भसकेको छ ।

सिदिङ्वा गाउँपालिका- २ का  वडा अध्यक्ष पूर्णबहादुर लिम्बुले निर्वाचन ताका जनताले गरेका ७० देखि ८० प्रतिशत माग पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाे बताउनुभएकाे छ। वडा खबरसँग कुरा गर्दै उहाँले सडककाे मर्मत सम्भारकाे काम भइरहेकाे पनि बताउनुभएकाे हाे। अहिले सडक सुचारू भइरहेकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै वर्षाकाे समयमा सडकमा सवारी साधन संचालन नहुने पनि उहाँले बताउनुभयाे ।

स्वास्थ्य क्षेत्र सुधार उन्मुख रहेकाे र जनताले सहज रूपमा नै उपचार गरिरहेकाे उहाँकाे भनाइ छ। वर्षाकाे समयमा स्वच्छ खानेपानीकाे समस्या रहेकाे पनि उहाँले बताउनुभएकाे छ। कृषि क्षेत्रमा लगानी बढाउने याेजना  भइरहेकाे पनि उहाँकाे भनाइ छ। साथै युवा लक्षित राेजगारका कार्यक्रमहरू संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे । पर्यटन क्षेत्रकाे सम्भावना भएकाे बताउँदै उहाँले यसै वडामा रहेकाे सिदिङ्वा धामलाई पर्यटकीय क्षेत्र बनाउने  याेजना भइरहेकाे पनि जानकारी गराउनुभएकाे छ।

सामुदायिक विद्यालयहरू सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीकाे अभाव रहेकाे पनि उहाँले  जानकारी गराउनुभएकाे हाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।

२४ सैं घण्टा जनताकाेबीचमा रहेर काम गर्ने बताउँदै उहाँले जनतालाई सहज र सरल रूपमा सेवा दिने प्रतिवद्धता समेत गर्नुभएकाे छ। यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभयाे । नमूना वडा बनाउनका लागि निरन्तर रूपमा लागिरहेकाे उहाँकाे तर्क छ। साथै जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँले बताउनुभयाे।

साथै आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ४० लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे। अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष लिम्बुकाे दावी छ।

Facebook Comments Box

Share Icon