१२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ : वडा अध्यक्ष विक
२९ फागुन, काठमाडौ । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिका साविकका रन्मा मैकोट, जाङ, तकसेरा, कोल र राङ्सी गरी जम्मा ६ वटा गाविस मिलेर बनेकाे हाे ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरमान विकले विकास निर्माणकाे कामलाई तीव्रता दिएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ वडाबाट १२ किलाे मिटरकाे सडक निर्माण गर्न लागेका छाैँ, अहिले ५ किलाे मिटर सडक निर्माण भइसकेकाे छ, ७ किलाे मिटर सडक निर्माणकाे क्रममा छ।’
उहाँले यस गाउँपालिकामा रहेको वडा नम्बर ५ देखि १ नम्बर वडा कार्यालयसम्म सडक निर्माण हुन लागेकाे बताउनु भयाे ।
सडक संजालले नछोएको पुथा उत्तरगंगा विकट गाउँका स्थानीयलाई सडक सञ्जालसंग जोडन निरन्तर रूपमा वडा नम्बर १ का वडा अध्यक्ष विक अहाेरात्र खटिरहनु भएकाे छ ।
गत असार १ गते वडा कार्यालयमा पदभाद ग्रहण गर्नुभएका वडा अध्यक्ष विक निरन्तर रुपमा वडाका काममा सक्रिय भएर लागिरहनु भएकाे छ।
वडा अध्यक्ष विक भन्नुभयो, ‘म स्थानीयको आशाकाे विश्वासको पात्र हुँ । उहाँहरुले समग्र वडाको प्रतिनिधित्व गर्न मलाई निर्वाचित गराउनुभएको छ । म वडालाई विकसित बनाउनु आएकाे हुँ । ५ वर्षको कार्यकाल ऐतिहासिक बनाउन लागिरहेको छु । हो, मेरा पनि दु.ख पीडा रहेका छन । तर पनि समग्र वडाको प्रतिनिधित्व गर्ने हुनाले वडावासीका पीडा मेरा पीडा भन्दा ठुला छन्।’
त्यसैले सधैँ आफ्नो वडामा भएका समस्यालाई निरन्तर रुपमा पालिका, प्रदेश र संघसंग राखिरहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘समस्या समाधान गर्ने प्रक्रियामा लागी रहेको छु, माैसमले साथ दियाे भने असारको पहिलो साताभित्र नै वडा नम्बर ५ देखि १ नम्बर वडा कार्यालयसम्म बाटाेलाई सडक सञ्जालसँग जाेड्छाैँ।’
उहाँले थर्दै भन्नुभयाे, ‘जनताको गुनासोसंगै वडाको आवश्यकतालाई हेरी म संघ, प्रदेश र गाउपालिकाको अर्थिक सहयोगले सडक निर्माण गर्न लागेकाे छु।’
उहाँका अनुसार वडा नम्बर १ मा विभिन्न समस्याका साथ साथै विकास निर्माणबाट पछाडि परेकाे वडा हाे ।
वडा अध्यक्ष विकले भन्नुभयाे, ‘वडा कार्यालयबाट टाढा रहेका स्थानीयहरू खाने पानी तथा सडक लगायत समस्याबाट निरन्तर रुपमा सास्ती पाइरहेका छन् । वडाको सिमित बजेटमा हाम्रा वडाका असिमित समस्याहरू रहेका छन् । तर पनि हामी लागी परेका छौ।’
उहाँले थप्दै भन्नुभयाे, ‘कहाँसम्म सफल भइन्छ त्यो हेर्न बाँकी छ । सरकारले विकासबाट पछि परेका स्थानीय तहलाई पहिलो प्राथमिकतामा राखेर विकास, निर्माणका बजेट सार्वजनिक गरेको भए, हामी दुर्गमका स्थानीयलाई केही हदसम्म सुगमको अनुभुति हुने थियौ कि।’
वडावासीहरुकाे लागि स्वच्छ खानेपानीकाे व्यवस्था पनि वडाले गर्न लागेकाे उहाँले बताउनु भयाे ।

नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा वडा नम्बर १ मा सडक बिस्तार हुँदै गरेकाे तस्बिर
नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगंगा गाउँपालिकामा वडा नम्बर १ मा सडक बिस्तार हुँदै गरेकाे तस्बिर








