Share Icon

हस्ता विष्ट
२१ वैशाख, काठमाडाैँ । पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रूपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ ।

प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् ।

पुरातात्विक धार्मिक पहिचानका रूपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित फेदीखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिल बहादुर गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन  : निर्वाचीत हुनुभयो ।

फेदीखोला गाउँपालिका वडा नं. ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिल बहादुर गुरुङ ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गुरुङ अहोरात्र खटिरहनुभएको छ ।

फेदीखोला गाउँपालिका वडा नं. ६ मा जम्मा बजेट पालिकाबाट ३१ लाख र प्रदेशबाट ५ लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः  निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष सुवेदीले बताउनुभयोे ।

वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘ वडाबाट पहिलो प्राथमिकता शिक्षा, खानेपानी र बाटोलाई दिए साथसाथै वडामा रहेको सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने र विद्यालयको वाल बनाउने काम गरिएको छ । ‘

त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँले बताउनुभयो ।

त्यसै गरी बाटो सडकको क्षेत्रमा स्तरउन्नति गर्दै ढलान र कालोपत्रे गर्ने कामहरु सम्पन्न गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि सिचाईको लागि बोरीङको व्यवस्था गरेको र पक्कि कुलोको निमार्ण गरेका छौ । ‘

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गरेर तालिमलाई व्यवसायमुखिकरण गर्ने योजनामा रहेको वडा अध्यक्ष गुरुङले प्रष्ट पार्नुभयो ।

युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।

त्यस्तै विद्युतको क्षेत्रमा सबै वडामा पुर्ण रुपमा विद्युत लाईन पराईसकेको र केहि नपुगेको ठाउँमा मर्मत सम्भार गर्ने कामहरु तीव्र गतिमा भईरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘ खानेपानीको क्षेत्रमा वडाबासीहरुको घर घरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेको छौ । ‘
वडा अध्यक्ष दिल बहादुर गुरुङले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ६ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon