सडकलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष श्रेष्ठ
१६ माघ , काठमाडाैँ । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा अहिले विकास निमार्णका तीव्र गतिमा भईरहेको छ । पछिल्लो समय वडा नम्बर ९ मा विकासले मुहार फेरेको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको वडा अध्यक्ष बृद्धि प्रसाद श्रेष्ठले बताउनुभयो ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बुद्धि प्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ वडामा बाटोलाई पहिलो प्राथमिकता दिदै सबै भन्दा धेरै बजेट विनियोजन बाटामै गरेको जानकारी दिनुभयो । सिचाईको लागि नहरको मर्मत सम्भारको लागि वजेट विनियोजन गरेको छौ । त्यसै गरी खानेपानीको लागि मर्मत सम्भारको कामहरू अगाडि बढाईरहेका छन । ‘
उहाँले भन्नुभयो, ‘ डिजिटल शिक्षा क्षेत्रको लागि विद्यालयमा कम्प्युटरहरु वितरण गर्ने योजनामा रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘
स्वास्थ्य क्षेत्रमा मध्यनजर गर्दै वडामै प्राथमिक स्वास्थ्य सुविधा उपलब्ध गराउनको लागि स्वास्थ्य चौकीको भवन निमार्ण संसगै निशुल्क स्वास्थ्य विमा गर्ने योजनामा राखेको उहाँले बताउनुभयो ।
उहाँ पहिले वडा सदस्यमा रहेर पाँच वर्षको कार्यकालसम्म काम गरेको हुनाले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष बुद्धि श्रेष्ठले बताउनुभयो ।
वडामा रहेका योजना मध्ये पचाँस प्रतिशत योजना तथा कार्यक्रमहरु सम्पन्न भइसकेको र बाकी योजनाहरु सम्पन्न गर्नको लागि निरन्तर लागि परेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आफनो कार्यकाल सम्म यस वडालाई नमुना वडा बनाउने लक्ष्य राखेका छौ । वडाको चौतर्फी विकासको लागि वडामा हामी अहोरात्र खटिरहेका छौ ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
। वडा नम्बर ९ प्रति पुर्ण आभारी छु ।
मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।