खानेपानीको चरम समस्याले स्थानीय मारमा परेका छन् : वडा अध्यक्ष दिवान सार्की
१४ जेठ , काठमाडौँ। पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ। जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवत जावत गर्न सहज भएको छ।
पञ्चेश्वर गाउँपालिकामा ६ वटा वडा बमिलेर बनेको छ। पञ्चेश्वर गाउँपालिकास्थित वडा नम्बर १ अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष दिवान सार्की।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा ३६ मतको अन्तर अन्तरले पराजित हुनुभएका दिवान सार्की निरन्तर रुपमा समाज सेवामा लागी रहनुभयो । फलस्वरुप सिगास गाउँपालिका अवस्थित वडा नम्बर १ का वडा अध्यक्ष दिवान सार्कीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
समाज सेवामा लागी रहनुभएका दिवान सार्की अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ । उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो।
उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’
चालु आर्थिक बजेटबाट वडामा ८० प्रतिशत योजना सम्पन्न भईसकेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष सार्कीले उल्लेख गर्नुभयो ।
वडा अध्यक्ष सार्कीले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’
वडाको मुख्य समस्या पानिको छ । सिमीत बजेटले यस समस्याको समाधान गर्न नभ्याउने अवस्था रहेको छ । वडा अध्यक्ष सार्कीले भावुक हुदैं भन्नुभयो, ‘एउटा सुत्केरी आमा पानि नभएको कारणले रक्ताम्मे भएर स्वास्थ्य चौकीबाट घर फर्किने अवस्थामा सारै मन दुख्ने आफु जनप्रतिनिधि भएर यस समस्या समाधान गर्न नपाउदा मन दुख्ने गरेको छ । पहल गरिरहेको छु ।’खानेपानीको चरम समस्याले स्थानीय मारमा परेका छन् वडा अध्यक्ष सार्कीले बताउनुभयाे ।
बजेटकोे अभावले यहाँका जनतालाई पानिको समस्याबाट उन्मुक्ती दिन नसकेको तर संघ, प्रदेशमा पहल गरिरहेको हाम्रो वडाको समस्या समाधान हुन्छ कि भनेर आशा गरेका छौ वडा अध्यक्ष सार्कीले बताउनुभयाे । उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।
सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष सार्कीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







